अपाङगता भएका व्यक्तिहरुलाई फाइबरको सिरक र टोपी

  • प्रकाशित मितिः माघ ७, २०७६
  • 846 पटक पढिएको
  • समय अनलाइन

सुनसरीको लौकहीमा पूर्ण र अति अशक्त अपाङगता भएका १ सय बढी व्यक्तिहरुलाई फाइबरको सिरक वितरण गरिएको छ । सामाजिक अभियन्ता दिनेशकुमार लम्सालले आफु तथा दाताहरुबाट जुटाएको सहयोग औपचारिक कार्यक्रमका बिच पूर्ण र अति अशक्त अपाङगता भएका व्यक्तिहरुकालागि प्रदान गरिएको हो ।

इलाका प्रहरी कार्यालय लौकहीको आयोजना र वर्णमाला दैनिकसँगको समन्वयमा आयोजित कार्यक्रममा अपाङगता भएका व्यक्तिहरुलाई गाउँपालिका अध्यक्षहरु ऐयुब अन्सारी, महेन्द्र यादव सहित सुनसरीका प्रहरी प्रमुख यज्ञबिनोद पोखरेल र ट्राफिक प्रहरी प्रमुख भीम दाहालले फाइबरको सिरक र न्यायो टोपी वितरण गरेका हुन् ।
समुदाय प्रहरी साझेदारी कार्यक्रमसँग जोडेर टोपी र फाइबरको सिरक वितरण कार्यक्रमको आयोजना गरिएको कार्यक्रम आयोजक इलाका प्रहरी कार्यालय लौकहीका इन्चार्ज शिव शर्माले जानकारी दिए ।
सामाजिक अभियन्ता लम्सालले यसअघि इनरुवामा रहेका १ सय ६५ जना अपाङगता भएका व्यक्तिहरुलाई फाइबरको सिरक वितरण गरिसकेका छन् । लम्सालले सामुदायिक विद्यालयमा पुगेर विपन्न समूदायका बालबालिकाहरुकालागि न्यायो टोपी लगाईदिने कार्यक्रमलाई समेत निरन्तरता दिईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved