प्रदेश १ मा सत्तारुढ नेकपामा भित्रै असन्तुष्टि बढ्यो

  • प्रकाशित मितिः माघ ८, २०७६
  • 877 पटक पढिएको
  • समय अनलाइन

मन्त्री छनोट र लोक सेवा आयोग पदाधिकारी सिफारिस एकलौटी गरिएको भन्दै सत्तारुढ नेकपामा असन्तुष्टि बढेको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पार्टीको सुझाव र एकताको मर्मविरीत मन्त्रीमण्डल बिस्तार र प्रदेश लोक सेवा आयोगमा तीन सदस्यको नाम सिफारिस गरेको तत्कालिन माओवादी नेताहरूको आरोप छ ।

सरकार गठन भएको २३ महिनापछि आइतबार मुख्यमन्त्रीले मन्त्रीमण्डल बिस्तार गर्दै चारजना राज्यमन्त्री नियुक्त गरिएको थियो । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा रामबहादुर मगर, भौतिक पूर्वाधार विकास मन्त्रालयमा अम्बिरबाबु गुरुङ, सामाजिक विकास मन्त्रालयमा जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा विजयकुमार विश्वास राज्यमन्त्री नियुक्त भएका छन् ।

राज्यमन्त्रीमा नियुक्ति पाएका प्रदेश कमिटी सदस्य तथा तत्कालिन माओवादीका विश्वासलाई चौथो मर्यादा क्रममा र नेकपा जिल्ला कमिटी सदस्य रहेका अम्बिरबाबु गुरुङलाई दोस्रो मर्यादामा राखेकामा पनि माओवादी पक्ष रुष्ट बनेको छ । तत्कालिन माओवादीले विश्वासलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय दिन सुझावका दिएको थियो । ‘तर मुख्यमन्त्री राईले आफ्नो अनुकुल निर्णय लिए’ एक नेताले भने ।


पार्टीको प्रदेश कमिटिले रिक्त रहेको भौतिक पूर्वाधार विकास र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा पहिले मन्त्री नियूक्त गर्न दिएको सुझाब विपरीत मुख्यमन्त्री राईले दुबै मन्त्रालय आफ्नै मातहत रहने गरी राज्यमन्त्रीहरू नियूक्त गरेको गुनासो छ । यसअघि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय तत्कालिन माओवादीले पाउने सहमति भएको अबस्थामा उक्त मन्त्रालयमा तत्कालिन एमालेका रामबहादुर मगरलाई राज्यमन्त्री नियुक्ति गरेको प्रति माओवादी पक्षले चित्त बुझाएको छैन ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved