इटहरी प्रहरीका जवान ओझा र तामाङ भए ‘उत्कृष्ट प्रहरी’

  • प्रकाशित मितिः माघ १०, २०७६
  • 886 पटक पढिएको
  • समय अनलाइन

इलाका प्रहरी कार्यालय इटहरीमा कार्यरत दुईजना प्रहरी जवान पुस महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रत्येक महिना प्रदान गर्ने ‘पुलिस अफ द मन्थ’ बाट प्रहरी जवान बिनोद ओझा र सर्व कुमार तामाङ उत्कृष्ट प्रहरी घोषित भएका हुन् ।

दुवैजनाले बिभागिय मुल्य मान्यता, आदेश निर्देशनको पालाना गरि व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले इटहरी क्षेत्रमा घटेका संगठित अपराध, चोरी लागुऔषध जस्ता जघन्य प्रकृतिका अपराध हुन गर्न नदिन तथा अपराधिक गतिबिधिमा संलग्न अभियुक्त तथा फरार प्रतिवादी पक्राउमा पुराएको योगदान स्वरुप पुस महिनाको उत्कृष्ट प्रहरी घोषित गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सुनसरीका प्रहरी उपरीक्षक यज्ञ बिनोद पोखरेलले हस्ताक्षरित प्रहरी अभिलेख माघ महिना भर जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिने छ ।
प्रहरी कर्मचारीको कामको मुल्याकंन गरिनुको साथै राम्रो कार्य गर्न प्रोत्साहित गर्न नेपाल प्रहरीले सबै

जिल्लामा ‘पुलिस अफ द मन्थ’ अभियान संञ्चालन गरिरहेको छ । जिल्लाकै उत्कृष्ट प्रहरी घोषित भएपछि संगठन भित्र अझै राम्रो काम गर्ने हौसला मिलेको ओझा र तामाङले प्रतिकृया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved