सुनसरीको इटहरी उपमहानगरपालिकामा कार्यरत १२ जना कर्मचारीहरुलाई जागिरबाट निकालिएको छ ।
कर्मचारीहरुको करार सम्झौता नवीकरण नगरिने गरि मेयर द्वारिकलाल चौधरीको एकल निर्णय भएकाले उनीहरू जागिरबाट निकालिएका हुन् ।
करार नवीकरण नहुने कर्मचारीमा अधिकांश स्वास्थ्य सेवाका निकालिएको जनाइएको छ । १२ जना मध्ये नौ जना स्वास्थ्य सेवाका कर्मचारी छन् भने दुईजना कम्प्युटरसम्बन्धी र एकजना अमिनसमेत रहेका छन् ।
कर्मचारीको करार नवीकरण नगर्ने निर्णय गरेर उपमहानगरको खर्च कटौती गरेको इटहरीका मेयर चौधरीले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved