प्रेमीसँग मिलेर मोरङको कटहरी गाउँपालिका ७ की ३५ वर्षीया दयावती सरदारले आफ्नै पतिको हत्या गरेकी छन् । दयावतीले प्रेमी कटहरी ७ का बोस भनिने ३६ वर्षीय बद्री सरदासँग मिलेर ४५ वर्षीय पति विकास सरदारको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
विकासको शव ग्रामथान गाउँपालिका ३ मा पानी जमेको खाल्डोमा माघ ६ गते सोमबार बिहान फेला परेको थियो । मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले मृतकको टाउकोको पछाडि चोट देखिएपछि घटनाको अनुसन्धान गर्ने क्रममा प्रेमीसँग मिलेर पतिको हत्या गरेको खुलेको जानकारी दिए ।
दयावती र प्रेमी बद्रीकै सल्लाह र योजनाअनुसार गरिएको हत्यामा अन्य दुईजनाले पनि सहयोग गरेको खुलेको छ । विकासको घरमा मदिरा पसल थियो । मदिरा सेवन गर्ने बहानामा कटहरी ७ का ३६ वर्षीय ललन सरदार र २५ वर्षीय करिया भनिने मुकेश सरदारलाई लिएर बद्री विकासको घर पुगेको एसपी अधिकारीले बताए।
विकास र दयावतीले ललन र मुकेशलाई किस्ता तिर्ने रकम समेत सहयोग गर्ने सर्त राखेर एक सातादेखि हत्याको योजना बनाएको अनुसन्धानबाट खुलेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved