बढ्दो सवारी दुर्घटनालाई रोक्ने उद्देश्यले बुधबारबाट प्रदेश नं. १ ट्राफिक प्रहरी कार्यलयले टाईम कार्ड सुरु गरेको छ । सुनसरी, झापा, मोरङ्ग गरेर तिन जिल्लामा टाईम कार्ड सुरु गरिएको हो । टाईम कार्ड सुरु भएको एक हव्ता सम्ममा कुनै पनि किसिमको कारबाहि नहुने तर एक हप्ता पश्चात भने कारबाहिको प्रक्रिया अगाडि बढाउने प्रदेश नं. १ ट्राफिक प्रहरी कार्यलयले जानकारी दिएको छ ।
प्रदेश नं. १ ट्राफिक प्रहरी कार्यलयको योजना अनुसार एक हप्ता सम्ममा टाईम कार्डको पालना कसरी गर्ने र टाईम कार्ड पालाना गर्नाले के हुन्छ, पालना नर्गनाले के हुन्छ भन्ने कुरा सवारी चालक हरुलाई सिकाउने र एक हप्ता पश्चात नियम उल्लंघन गर्ने सवारी साधनलाई कारबाहिको प्रक्रिया अगाडि बढाउने योजना रहेको प्रदेश नं. १ ट्राफिक प्रहरी कार्यलयका प्रमुख भिम बहादुर दाहालले जानकारी दिए ।
दाहालका अनुुसार टाईम कार्ड सुरु गर्न चाहिने पास बुुक बुधबार र बिहिबार सम्ममा सम्पुर्ण सवारी साधनहरुलाई वितरण गरि सक्ने योजना रहेको समेत जानकारी दिएको छ ।
तिन जिल्लाका बिभिन्न ट्राफिक चेक पोष्टमा रहेका ट्राफिकले गाडी हिडेको समय पास बुकमा लेखिदिएका हुन्छन् र त्यो पास बुक अर्को ट्राफिक चेक पोष्टमा गएर देखाउनु पर्ने हुन्छ, त्यस चेक पोष्टले पनि समय लेखिदिएको हुन्छ । तोकेको समय भन्दा अगाडी पुगेमा पहिलो पटक पाच सय र दोस्रो पटक हजार वा एक हजार पाच सय जरिवाना रहेको छ । तर तोकिएको समय भन्दा ढिलो पुगेमा भने केहि पनि कारबाहि नहुने ट्राफिक कार्यलयले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved