पूर्वीनाका काँकडभिट्टामा कोरोना भाइरसको जाँच गर्न ‘हेल्प डेस्क’

  • प्रकाशित मितिः माघ १५, २०७६
  • 1162 पटक पढिएको
  • समय अनलाइन

सरकारले पूर्वीनाका काँकडभिट्टामा कोरोना भाइरसको जाँचका लागि मंगलबार साँझ ‘हेल्प डेस्क’ स्थापना गरेको छ । भन्सार विन्दुमा स्थापना गरिएको ‘हेल्प डेस्क’मा तेस्रो मुलुकबाट आएका नागरिकमा कोरोना भाइरस छ कि छैन भनेर ज्वरो, रुघा र खोकी जाँच गरिनेछ ।

भारत, भूटान, बङ्गलादेश र म्यानमारबाट नजिकमा रहेको नाका भएको कारण काँकडभिट्टाबाट दिनहुँ सयौं विदेशी नेपाल प्रवेश गर्ने भएकाले उक्त नाकामा उच्च सतर्कता अपनाइएको हो । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले दुई जना स्वास्थ्यकर्मीलाई बिहान ७ देखि बेलुका ७ बजेसम्म खट्ने गरी ‘हेल्प डेस्क’ सञ्चालनमा ल्याइएको जानकारी दिए । सो कार्यमा सुरक्षाकर्मीले सहयोग पुर्‍याउने छन् ।

‘हेल्प डेस्क’मा तेस्रो मुलुकबाट नेपाल प्रवेश गर्ने विदेशी नागरिकमा कोरोना भाइरसको सङ्क्रमण भएको शङ्का भएमा नाकामा खटिएका स्वास्थ्यकर्मीले नजिकै रहेको काँकडभिट्टा स्वास्थ्यचौकीमा रहेको ‘आइसोलेसन रुम’मा पठाउने र उनीहरुको विस्तृत स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाइएको स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख ईश्वरी पौडेलले बताए ।

काँकडभिट्टा स्वास्थ्यचौकीका प्रमुख तालबहादुर खड्काको नेतृत्वमा ‘हेल्प डेस्क’ र आइसोलेसन वार्डको विशेष निगरानी गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved