जिल्ला अस्पताल धनकुटाले कोरोना भाइरस उपचार गर्न छुट्टै ‘कोरोना भाइरस उपचार कक्ष’ तयार गरेको छ। अस्पताल भवनको दोस्रो तलामा छुट्टै एउटा कोठामा कोरोना भाइरस उपचार कक्ष तयार गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेट डा. पुजन विश्वकर्माले बताए।
उनका अनुसार सो भाइरसका लक्षण देखिएका विरामी आएमा छुट्टै कक्षमा राखी उपचार गर्ने व्यवस्था गरिएको छ। कोरोना भाइरस उपचार कक्ष रहेको कोठामा तीन वटा वेडको व्यवस्था गरिएको छ। उपचारका लागि आएका विरामीमा हालसम्म पनि कोरोना भाइरसको लक्षण देखा परेको छैन्।
बिहीबार प्रमुख जिल्ला अधिकारी डा. कृष्णवहादुर घिमिरेको अध्यक्षतामा जिल्ला अस्पताल प्रमुख, जनस्वास्थ्य प्रमुख, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखलगायत स्वास्थ्य सेवासँग सम्वन्धित संस्था तथा व्यक्तिहरुको उपस्थितिमा बसेको बैठकले नोवेल कोरोना भाइरसको महामारी, रोकथाम तथा आवश्यक सतर्कता अपनाउने कार्यलाई प्रभावकारी रुपमा अधि बढाउने निर्णय गरेको थियो।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved