इटहरी १० बाटो अतिक्रमण गरेर घर बनाएको भन्दै इटहरी उपमहानगरपालिकाले डोजर चलाएको छ । रहेको फोहोर फाल्ने ठाउँ (डम्पिङ साईड) जाने बाटोमा लामो समय देखि अतिक्रमण गरेर बसेको कारण समस्या भएको भन्दै इटहरीका मेयर आफैले डोजर लिएर तीन घर भत्काईदिएका हुन ।
सडक क्षेत्रको जग्गामा बाटो अतिक्रमण गरेर बनाएको घर टहरा नहटाए पछि आफुले डोजर बोलाएर ३ वटा घरको संरचना भत्काईदिएको इटहरीका मेयर द्धारिकलाल चौधरीले बताएका छन । कालोपत्रे गर्ने आएको बजेट सुकुम्बासीहरुले अतिक्रमण गरेकै कारण फ्रिज हुदै आएको मेयर चौधरीको आक्रोस थियो ।
लामो सयम देखि इटहरीको समस्याको रुपमा रहेको डम्पिङ साईड निमार्णधिन भए पनि नबन्दा इटहरीको फाहोर चारकोशे झाडीमा फालिदै आएको छ । तर त्यहाँ सम्म जाने बाटो कालोपत्रे पनि रोकिएकोले समस्या भयो मेयर चौधरीले भने । नेपाल प्रहरी र नगरप्रहरी समेत लिएर घर भत्काउन गएका थिए । भत्काउन अवरोध गर्छन भनेर पानीको फोहोरा हाल्न दमकल समेत लिएर गएको थिए मेयर चौधरीले भने ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved