प्रदेश १ सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस भव्य बनाउने

  • प्रकाशित मितिः फाल्गुन २, २०७६
  • 823 पटक पढिएको
  • समय अनलाइन

७० औँ राष्ट्रिय प्रजातन्त्र दिवस प्रदेश १ सरकारले भव्यरुपमा मनाउने निर्णय गरेको छ। राष्ट्रिय प्रजातन्त्र दिवस प्रदेश मूल समारोह समितिको शुक्रबार बसेको बैठकले नागरिकसम्म पुगेर दिवस मनाउने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए। 

प्रदेश मूल समारोह समितिका अध्यक्ष तथा मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा बसेको बैठकले दिवस सम्पन्न गर्न आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव सचिव संयोजक रहने गरी समारोह व्यवस्थापन उपसमिति बनाएको छ भने विभिन्न उप–समिति पनि निर्माण गरेको छ। 

फागुन ६ गते प्रदेशभित्रका सबै सरकारी कार्यालयले आ–आफ्नो कार्यालय परिसरमा सरसफाइ गर्ने, फागनु ७ गते बिहान ७ बजे रोडशेष चोकमा भेलाभई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म प्रभातफेरी गर्ने र मूलसमारोहमा परिणत हुने तथा फागुन ८ गते सामाजिक विकास मन्त्रालयले सबै जिल्ला अस्पतालका बिरामी, वृद्धाश्रम, अनाथालयमा फलफूल वितरण गर्ने र तीनै दिन साँझ दिपावली गर्ने निर्णय भएको छ।

यस्तै धनकुटाको शहीदभूमि गाउँपालिकामा छिन्ताङ काण्डका शहीदप्रति सम्मान र परिवारलाई राहत उलब्ध गराउने, प्रदेशका सञ्चारमाध्यमले प्रजातन्त्र दिवस विषयमा केन्द्रित रही विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ। 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved