वरिष्ठ पत्रकार कमल पौडेललाई व्लड क्यान्सर, सहयोग जुटाउन अपिल

  • प्रकाशित मितिः फाल्गुन ८, २०७६
  • 759 पटक पढिएको
  • समय अनलाइन

वरिष्ठ पत्रकार कमल पौडेललाई व्लड क्यान्सर भएको छ । ब्लड क्यान्सर पीडित पौडेल हाल काठमाण्डौंको सिभिल हस्पिटलमा उपचारको क्रममा छन् । जनआस्था साप्ताहिकबाट पत्रकारिताको सुरुवात गरेका पौडेल नेपाल समाचारपत्र दैनिकका लागि लामो समय वरिष्ठ सह–सम्पादकको रुपमा रही जिम्मेबारी निभाएका व्यक्ति हुन् ।इटहरीको नमुना कलेज र बिराटनरका केही क्याम्पसहरुमा पत्रकारिता विषयको अध्यापन गराउँदै आएका पौडेल केहि वर्षयता बिराटनगरबाट प्रसारणमा रहेको मकालु टेलिभिजनका समाचार प्रमुखका रुपमा कार्यरत छन् ।बिरामी पश्चात पौडेललाई अस्पताल भर्ना गरिएको छ । सिभिल हस्पिटलले पौडेलको उपचारमा ३० लाख रुपैंया खर्च लाग्ने जनाएको छ ।

उपचारमा मोटो रकम खर्च हुने भएपछि पौडेलको परिवारले सहयोगको अपिल गरेको छ । एक साताभित्र ३० लाख रकम उठाउनु पर्ने हुँदा पौडेलका आफन्त तथा शुभचिन्तकहरुले सकेको सहयोग गर्न सबैमा आग्रह समेत गरेका छन् । पत्नी, दुई छोरा र एक छोरी रहेका विरामी पौडेलको उपचार सहयोगका लागि गोफन्डीमा खाता समेत खोलिएको छ । डिसी नेपाल डटकम, इनेप्लिज डटकम र नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा) द्धारा संयुक्त रुपमा सहयोगकालागि गोफन्डीमा खाता खोलिएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved