भारतमा नेपाली तीर्थयात्रीको मृत्यु : शव ल्याउन अन्योल

  • प्रकाशित मितिः फाल्गुन ११, २०७६
  • 789 पटक पढिएको
  • समय अनलाइन

तीर्थयात्रामा गएकाहरूमध्ये ज्यान गुमाएका १० मध्ये ६ जना इटहरीका परेका छन् । मृत्यु हुने ६ जना एकै वडाका परेका हुन् । २३ माघमा तीर्थयात्रामा गएका नेपाली सवार मिनीबस बुधबार राति भारतको तामिलनाडु प्रान्तको सलेम जिल्लास्थित बेंगलरु नेशनल हाइवेमा दुर्घटना भएको थियो ।

कन्याकुमारीको दर्शनपछि राजस्थान जाँदै गर्दा बुधबार राति दुर्घटना भएपनि नेपाली दूतावासबाट आइतबार मात्र प्रतिनिधि पुगेका छन् । दुर्घटनामा इटहरी उपमहानगरपालिका– १० का टीकाराम चौधरी, रसिलाल चौधरी, फूलमति चौधरी, बोधनी चौधरी, गोपाल तामाङ, वीरबहादुर राई र पवनलाल चौधरीको मृत्यु भएको थियो ।

दुर्घटनामा झापा मेचीनगर–१० धुलाबारीका मुरारी पोखरेलकोसहित अन्य १० जनाको मृत्यु भएको बताइएको छ । दुर्घटनामा इटहरी–१० कै एक महिला गम्भिर घाइते छिन् । घटनाको पूर्ण विवरण सार्वजनिक भएको छैन । दुर्घटनामा ज्यान गुमाएकाहरूको बारे सबै परिवारलाई जानकारी छैन ।

इटहरी उपमहानगरपालिका उपप्रमुख लक्ष्मी गौतमका अनुसार केहीलाई आफन्तले घाइते मात्र भएको जानकारी गराएका छन् ।

चार दिनपछि पुग्यो सरकार

गत माघ २३ गते मोरङ झापा र सुनसरीबाट सर्वसाधारण ३५ दिने तीर्थयात्राका लागि निस्किएका थिए । तीर्थयात्राकै क्रममा बुधबार राति मिनी बस दुर्घटनामा परेको थियो ।

इटहरी उपप्रमुख गौतमका अनुसार राति करिब १ बजे धर्मशालामा बास बस्नका लागि रोक्दै गर्दा बसलाई मालबहाक लरीले ठक्कर दिएको थियो । दुर्घटनाअघि केही यात्रु भने उत्रिसकेका थिए । बसभित्र रहेका यात्रुहरू बाहिर निस्कन खोज्दै गर्दा दुर्घटना भएको थियो ।

दुर्घटनामा ५ जनाको घटनास्थलमै र ५ जनाको नजिकै रहेको अस्पतालमा मृत्यु भएको बताइएको छ । बसमा ३२ जना सवार थिए । घाइते र मृत्यु हुनेको संख्या एकिन भएको छैन ।

दुर्घटनाको चार दिनपछि मात्र घटनास्थलमा नेपाल सरकारका प्रतिनिधि पुगेका छन् । आइतबार बिहान मात्र दूतावासका कर्मचारी मृतकको शव राखेको अस्पतालमा पुगेका हुन् ।

दुर्घटना हुँदा इटहरी उपमहानगरपालिकाले पनि चासो दिएको थिएन । तर शनिबार मृतकका आफन्तलाई भेटेपछि उपमेयर लक्ष्मी गौतमले परराष्ट मन्त्रालयमा पहल गरेकी थिइन् । मन्त्रालयले भारतस्थित नेपाली दूतावासलाई जानकारी गराएपछि दूतावासका कर्मचारी आइतबार बिहान करिब ८ बजे शव राखिएको अस्पतालमा पुगेका थिए ।

‘दुताबासका कर्मचारी नपुगेका कारण शव रुग्न बसेकाहरूलाई स्थानीय अस्पतालले दुःख दिएको थियो,’ इटहरी उपमहानगरपालिका १० का अध्यक्ष प्रकाश चौधरीले भने, ‘एम्बेसीका प्रतिनिधि आज बिहान पुग्नु भएपछि अस्पतालले तनाव दिएको छैन अरे ।’

शव ल्याउन अन्योल

दुर्घटनामा परहेकाहरूको शव ल्याउन समस्या रहेको उपमेयर लक्ष्मी गौतमले बताइन् । उनका अनुसार चार दिनअघिको दुर्घटनाका कारण शव दुर्गन्ध फैलिएको आफन्तले जानकारी गराएका छन् । दुर्घटनामा परी घाइते भएका १४ जनाको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved