प्रेस संगठन नेपाल प्रदेश एकको प्रथम भेला तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । नेकपासंग आवद्ध पत्रकारहरुको संगठन पे्रस संगठनले पहिलो पटक प्रदेशस्तरिय भेला गर्दै सपथ कार्यक्रमको आयोजना गरेको हो ।
पत्रकारको हकहित, स्वतन्तत्रा लगायतको बिषयमा गम्भिर बन्नु पर्ने, सत्यतथ्यमा आधारित रहेर पत्रकारकारीता गर्न पाउने सरकारले वातावरणको सिर्जना गर्नु पर्ने लगायतको बिषयमा पनि छलफल भएको थियो ।
प्रदेश एक भरि १४ वटा जिल्लामा रहेका बिभिन्न सञ्चार माध्यममा आवद्ध भएका पत्रकारहरुका प्रेस संगठनको प्रदेश कार्यकमिटि समेत गठन गरेर सपथग्रहण गरिएको प्रदेश कमिटिमा रहेका भोटराज राईले बताए ।
कार्यक्रमका प्रमुख अतिथि तथा रक्षामन्त्री इश्वर पोख्रेलले कार्यक्रमलाई सम्बोधन गर्दै पेशा दक्षता हुनु पर्ने बताए । पेशाको बिषयमा दक्षता नहुदा समस्या हुने बताए । त्सैले सबैले आफ्नो पेशाको दक्षता राख्नु पर्ने बताएका हुन् । कार्यक्रममा प्रेस संगठन नेपालका प्रदेश संयोजक राजन केडिको अध्यक्षता रहेको थियो । कार्यक्रममा प्रदेश एकका मुख्यमन्त्री शेरधन राई, कानुनमन्त्री हिक्मत कार्की र प्रदेश सांसदहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved