प्रधानमन्त्रीको शल्यक्रिया सफल, नयाँ भएको

  • प्रकाशित मितिः फाल्गुन २१, २०७६
  • 821 पटक पढिएको
  • समय अनलाइन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा सफल रुपमा मिर्गौला प्रत्यारोपण भएको छ।

त्रिवि शिक्षण अस्पतालमा आज बिहान १०ः०० बजेबाट सुरु भएको मिर्गौला प्रत्यारोपणको शल्यक्रिया सफल भएको उपचारमा संलग्न प्रा.डा. प्रेमराज ज्ञवालीले बताउनु भएको छ । उहाँको प्रत्यारोपण गरेको मृगौलाले काम गर्न थालिसकेको डा.ज्ञवालीले बताउनुभयो ।

मिर्गौला प्रत्यारोपण गर्न करिब पाँच घण्टा समय लागेको अस्पतालले जनाएको छ । प्रा. डा. ज्ञवालीको नेतृत्वमा १५ देखि २० जनासम्म स्वदेशी चिकित्सक टोलीले मिर्गौला प्रत्यारोपण गरेको थियो ।

मिर्गौला प्रत्यारोपणअघि उहाँको मङ्गलबार विभिन्न विषयका विशेषज्ञबाट स्वास्थ्य परीक्षण गरिएको थियो । प्रधानमन्त्री ओली प्रत्यारोपणका लागि यही फागुन १९ गते अस्पताल भर्ना हुनुभएको थियो ।

प्रधानमन्त्रीलाई उहाँकी भान्जी समीक्षा सङ्ग्रौला कोइरालाले मिर्गाैला दान गर्नु भएको हो । यसअघि प्रधानमन्त्री ओलीको विसं २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गाैला प्रत्यारोपण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved