एजेन्सी । इटालीमा कोरोना भाइरसका कारण शुक्रबार एकैदिन ४९ जनाको मृत्यु भएको छ। योसँगै इटालीमा कोरोनाबाट मर्नेको संख्या १९७ पुगेको छ।
इटालीमा ४ हजार ६ सय ३६ जनामा कोरोनको संक्रमण देखिएको छ। विश्वभर कोरोनाको कहर जारी छ। चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमण विश्वका ९० देशमा पुगेको छ।
विश्वभरि करिब एक लाख मानिसमा कोरोनाको संक्रमण देखिएको छ। चीनपछि इटली र इरान सबैभन्दा बढी कोरोनाबाट प्रभावित छन् ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved