। सुनसरी जिल्ला डोरीतान संघ एवम् मनमोहन स्पोर्टस् एकेडेमीको संयुक्त आयोजनामा भएको दोस्रो मनमोहन अन्तर्राष्ट्रिय गोल्डकप डोरीतान च्याम्पनसिप २०७६ को उपाधी भारतको पटना टिमले जितेको छ । फाइनल खेलमा प्रदेश नं. १ को टिमलाई पराजित गर्दै उपाधि चुम्न सफल भएको हो ।
दुहवी खेल मैदानमा आयोजना भएको दोस्रो मनमोहन अन्तर्राष्ट्रिय गोल्डकप डोरीतान च्याम्पनसिप, २०७६ को खेलमा भारतका ४ , नेपालका विभागिय ३ , प्रदेश नं. ५को १ , मोरंग जिल्लाको १ साथै आयोजक १ टिम गरि जम्मा १२ टिमको सहभागितामा आउटडोर नकआउट खेल सञ्चालन भएको थियो ।
दुहबी नगरपालिकाका मेयर वेदनारायण चौधरीले खेलको शुभारम्भ गरेका थिए भने पुर्व सामान्य मंत्री लालबाबु पण्डितको प्रमुख आतिथ्यमा समापन भएको दोस्रो मनमोहन अन्तर्राष्ट्रिय गोल्डकप डोरीतान च्याम्पनसिप, २०७६को फाइनल खेलमा २ वटा टिमलाई पराजित गर्दै भारतको पटना टिमले यस च्याम्पनसिपको उपाधि चुम्न सफल भएको छ ।
निकै नै रोमाञ्चकारी एवम् कडा प्रतिस्पर्धात्मक रहेको डोरी तान खेलको सेमी फाइनल खेलमा ए.पी.एफलाई पराजित गर्दे भारतको पटना टिम र नेपाल पुलिसलाई पराजित गर्दे प्रदेश नं. १ दोस्रो मनमोहन अन्तर्राष्ट्रिय गोल्डकप डोरीतान च्याम्पनसिप, २०७६को फाइनल खेलमा प्रवेश गरेका थिए । फाइनल खेलमा भारतको पटना टिमले प्रदेश नं. १ लाई पराजित गर्दे दोस्रो मनमोहन अन्तर्राष्ट्रिय गोल्डकप डोरीतान च्याम्पनसिप, २०७६को उपाधि चुम्न सफल हुनका साथै ट्रफी, मेडल र नगद पुरस्कार १ लाख बितरण गरेको सुनसरी जिल्ला डोरीतान संघ एवम् मनमोहन स्पोर्टस् एकेडेमीका अध्यक्ष निश्चालराज शाक्यले बताए ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2025 - Samayaonline.com All rights reserved