महिला श्रमिकदिवस र नेपाली मुद्दा

  • प्रकाशित मितिः फाल्गुन २५, २०७६
  • 1228 पटक पढिएको
  • समय अनलाइन

सँसार भरका महिलाको महत्वपूर्ण दिनको रुपमा मानिन्छ । सन १९१० मा कोपनहेगनमा समाजवादी महिलाको दोस्रो अन्तर्रा्ष्ट्रिय सम्मेलन आयोजना गरियो । यही सम्मेलनमा महिलामुक्ति आन्दोलनकी नेतृ क्लारा जेटकिनले मार्च ८ लाई अन्तर्रा्ष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउने प्रस्ताव गर्नुभयो । सम्मेलनले उहाँको प्रस्तावलाई एकमतले पारित गरयो । आठ मार्चलाई विश्वभर महिलामुक्ति र समानताको आन्दोलनको रूपमा मनाउन थालियो । ८ मार्चलाई विश्वभरका श्रमिक महिलाले मुक्ति आन्दोलनका रुपमा मनाउन थालेको ६५ वर्षपछि संयुक्त राष्ट्र संघले १९७५ मा मार्च ८ लाई अन्तर्रा्ष्ट्रिय दिवसको रूपमा मनाउन घोषणा गरेको हो ।

सन १८५७,८ मार्चकै दिन अमेरिकाको कपडा उद्योगमा काम गर्ने श्रमिक महिलाले समान कामको समान ज्याला,१६ घण्टाकामलाई आठ घण्टा वनाइनुपर्ने माग सहित आन्दोलनमा उत्रिएका थिए । त्यसपछि विभिन्न देशहरुमा कारखानामा काम गर्ने श्रमिक महिला आन्दोलन का लागि संगठित हुँदै आन्दोलन गरेको गौरबपूर्ण इतिहास र हरेक बर्ष स्वतस्फूर्त रुपमा विशाल बिरोधसभा भएका र तत्कालिन शासकहरु लाई थर्कमान बनाएर महिला अधिकार प्राप्ती गरेको दिनको रुपमा आठ मार्चलाई चिनिन्छ ।

१८ घण्टा काम गर्नुपर्ने, महिलाले न्यूनज्याला मात्र पाउने ,भोट हाल्न नपाउने ,उम्मेद्बार बन्न नपाउने, नागरिकता नपाउने ,पेट भर खान नपाउने, सुत्केरी मा आराम नपाउने र यी सब अत्याचारका बिरुद्द आवाज उठाउन नपाउने अबस्थाका विरुद्ध जुट्न र लड्न सक्ने हिम्मत प्राप्ती भएको दिन हुनाले यो दिन महिलाका लागि अत्यन्तै महत्वपूर्ण पर्वको रुपमा लिइन्छ । रुस, अमेरिका, अफ्रिका, बेलायत जस्ता ठूला र शक्तिशाली मानिएका मुलुकहरु बाट सुरुवात हुँदै सँसारभर यसको प्रेरणा ले महिला आन्दोलन अगाडि बढेको छ र सार्थक भएको छ ।

११० औ अन्र्तराष्ट्रिय श्रमिक महिला दिबस सम्म आइपुग्दा जुन समय मा यो दिन को सुरुवात भयो आज बिश्व महिला आन्दोलन त्यही अबस्थामा छैन । (निकै अगाडि बढेको छ) नेपाल मा भने यसलार्इ पञ्चायती ब्यबस्थामा केही घरानिया महिलाहरुले भोज भतेर र रमाइलो गरि नारी दिबसको रुपमा मनाए पनि प्रगतिशिल महिलाले त्यस्ता गतिबिधीले महिला अधिकार प्राप्ती हुदैन भन्दै महिला अधिकारको आवाज उठाउदै २०३६,३७ साल देखि श्रमजीवि महिलाहरुका बिचमा यसको महत्व र नेपाली महिला आन्दोलनसँग जोडेर मनाउन थालियो ।

साच्चै नै ८ मार्च महिला आन्दोलनलाई अगाडि बढाउन कोसेढुङा बन्दै गयो । ३७ साल मा काठमान्डौ ,पोखरा, हेटौंडा , दमक, नेपालगञ्जलगायतका ठूला शहरहरुमा एकैपटक विशाल सभा र रर्याली गरि मनाउदै गर्दा तत्कालिन प्रशासनले दमन गरि धेरै महिलाहरु गिरफ्तार भए, जेल जीबनसमेत बिताएका छ्न । कठोर यातना सहेर पनि जेल भित्र र बाहिरबाट महिला आन्दोलन झन तेज गतिमा अगाडि बढेको इतिहास छ । अखिल नेपाल महिला सङघले देशभर यो आन्दोलनको नेतृत्व गरयो । मलार्इ याद छ दमकको विशाल रर्याली र रर्याली पछि दमक वहुमुखी क्याम्पसमा भएको सभामा म पनि सहभागी थिए । सभा पुरै चल्न नदिइ पञ्चायती सरकारले दमन गरि मञ्चमा आगो लगाएको थियो त्यतिवेला भागेर घर गएको घटना ताजै छ । ती कठोर र कष्टपूर्ण दिन अहिले छैनन त्यसको प्रतिफल नेपाली महिला आन्दोलनको उचार्इ सगरमाथा झै अग्लो छ । संविधानमा महिला अधिकार सुनौला अक्षरमा लेखिएका छ्न ।

महिला मैत्री कानुन निर्माण भएका छ्न । तिनै तहको सरकारमा हाराहारी महिला नेतृत्वले काम गरिरहेका छ्न । यो अबस्थामा आहिले पनि ८ मार्च को सान्दर्भिकता झन बढेर गएको छ । महिला माथी हुने विभिन्न प्रकारका हिंसा, यातना ,बलात्कार, राजनीतिक प्रतिशोध ,चरीत्र हत्याजस्ता महिला हिंसाका स्वरुप फेरिएका छ्न । झन आपराधिक गतिबिधी बढ्दै जाने खतरा छ । राजनीतिमा अपराधिकरण वढदै गएको छ । भ्रष्टाचारले सिमा नाघेको छ । महिलाहरु भ्रष्टाचारको बिरुद्द मा आवाज उठाइरहेका छ्न । हिजो घरभित्रको काममा सिमित महिला आज विभिन्न कार्यलय, सेना ,प्रहरी सुरक्षा निकाय, सामाजिक कार्य, सहकारी, महिला समूह ,पत्रकारलगायत काममा कामकाजी जीवनमा ब्यस्त भएका छ्न । सबै क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छ्न । यसले पुरुषको तुलनामा महिला नेतृत्व अब्बल हुँदै स्थापित भएका छ्न । गलत र संकुचित सोच भएका ब्यक्तिहरुलार्इ महिला नेतृत्व सहन गारो भएको महशुस हुन थालेको छ ।

महिला माथी झन हिंसा थपिदै छ । महिला हिंसा न्यूनिकरणलगायत महिला शिक्षा महिला स्वास्थ महिला स्वरोजगार नै समृद्धिको आधार बन्न सक्छ त्यता तर्फ अबको यात्रा अगाडि बढ्नु पर्छ । महिलाहरुलार्इ शीप र स्वरोजगारका कार्यक्रमका लागि अझै धेरै काम गर्न जरुरी छ । जसले गर्दा महिलालाई आर्थिक रुपमा आत्मनिर्भर वनाउन सकियोस् । राष्ट्रपति देखि वार्ड वार्डसम्म महिला निर्वाचित भएर काम गरिरहदा कतिपय दुर दराजमा महिलाका समस्या ज्यूँ का त्यूँ छ्न् त्यसैले पितृसत्तात्मक सोच र चिन्तन बिरुद्द फेरि एकपटक सम्पूर्णपक्षका महिला जुट्न जरुरी छ । यी सबै बिषयमा हिम्म्त का साथ अगाडि बड्न नेपाली महिला नेतृत्व तयार हुनु पर्छ । यो अबस्थामा ८ मार्चको सान्दर्भिकता झन बढेको छ ।

देशभर महिलाहरुले निर्बाह गरेको भुमिका, कुशलता, र्कार्यसैली इमान्दारिताको मुल्याङकन गर्न पितृसत्तात्मक सोच र मनोबिज्ञान भएको नेतृत्व तयार छैन । बरु उल्टै सार्बजनिक रुपमा भ्रष्टाचार अनियमितता अनैतिकतामा मुछिएका पुरुष ब्यक्तिहरुलाई स्थापित गर्ने गलत मनोबिज्ञान ब्याप्त छ । त्यसलार्इ परास्त गर्नु आजको नेपाली महिला आन्दोलनको प्रमुख कार्यभार हो भन्ने आम नेपाली महिलाले अनुभुती गरेका छ्न । यो बर्षको ८ मार्चले यो कार्यभार पुरा ।गर्ने शन्देस बोक्न सकोस धेरै धेरै शुभकामना ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved