म त्यस्तो देशको नागरिक हुँ जहाँ देशको सर्बोच्च पदमा

  • प्रकाशित मितिः फाल्गुन २५, २०७६
  • 1249 पटक पढिएको
  • समय अनलाइन

म त्यस्तो देशको नागरिक हुँ जहाँ देशको सर्बोच्च पदमा महिला बिराजमान भएको बेला भर्खरै जीबन के हो बुझ्न सुरु गरेको निर्मला पन्तहरु बलात्कृत भएर निर्मम तरिकाले मारिइन्छन् र न्यायको बहानामा बर्षौ हिँसा भड्काउँछ एउटा गिद्दले समाजमा ! तरपनि त्यो गिद्दलाई समाउने आँट कसैको छैन । म त्यस्तो देशको नागरिक हुँ जहाँ दाईजोको निहुंमा सुनिता यादबहरुको कोमल शरिर जलाएर अँगार बनाउँछ दुस्टले , तर पनि त्यो पापीलाई गोली ठोक्ने दम देशको संबिधानमा छँदै छैन ! म त्यस्तो देशको नागरिक हुँ जहाँ महिलालाई देबीको अवतार मानिन्छ तर छाउगोठमा सर्पले ठुंगेर मर्नुपर्छ छोरीहरुले महिनै पिच्छे! तरपनि यो ग़लत हो भनेर वालुवाटारको दैलोबाट बाहिर कुनै राज महाराज पाईलो टेकाउँदैन! म त्यस्तो देशको नागरिक हुँ जहाँ कुनै महिलाले अन्यायको बिरुद्द मिसाईल छेड्छ भने उस्लाई समाजले बेस्या भन्छ र बिचारको प्वाँख काट्छ! म त्यस्तो देशको नागरिक हुँ , जहाँ महिलाले महिलाकै अस्तित्व स्वीकार गर्न सक्दैन , बरु अलि अघि बढ्यो कि खुट्टा तान्न र कुरा काट्न एउटा पोथी बटालियन नै खड़ा गर्छ र बेस्सरी बास्छ फलानी यस्ती , ढिस्कानी यस्ती भनेर ! नारी शसक्तिकरणका फुस्रा दस्ताबेज एकातिर अनि समाजको नारीबादी ज्यामितिको Theorem अर्कोतिर ..! अनि नारी दिबस मनाउने चाहिँ कस्का लागि र किन ?? म संसारका हर आमालाई सम्मान गर्छु तर नारी दिबस मनाउँदिन र शुभकामना पनि कसैलाई दिन्न किनकी म समाजमा सह अस्तित्वको लागि लड्ने मान्छे हुँ! जय स्वाभिमा

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved