निर्माण२ सय २० केभीए विद्युत प्रशारणसव स्टेसन

  • प्रकाशित मितिः फाल्गुन २६, २०७६
  • 981 पटक पढिएको
  • समय अनलाइन

डै ७० लाख ८६ हजार कामदार छन्, यि मध्ये औपचारिक क्षेत्रमा २६ लाख ७५ हजार र अनौपचारिक क्षेत्रमा ४४ लाख ११ हजार कामदार कार्यरत रहेको सरकारी तथ्याङक छ । उनीहरुको कार्यस्थल सुरक्षाका लागि श्रम ऐनले सम्बोधन गरे पनि अधिकांश रोजगारदाताले लागू गरेका छैनन् । कार्यस्थल सुरक्षा अभावमा धेरै कामदारको ज्यान गइरहेको छ । तर तेह्रथुमको लालीगुराँस नगरपालिका १ टुटेमा निर्माण भैरहेको २ सय २० केभीए विद्युत प्रशारण लाईनको सव स्टेसन निर्माण गरीहेको नीजि क्षेत्रको अरुण/शेर्पा जेभी निर्माण कम्पनीले भने मजदुरको सुरक्षामा राम्रो ध्यान दिएको पाईएको छ ।

कार्यस्थलमा सुरक्षाको प्रत्याभुती भएपछि यो कम्पनीमा कामका लागि पुर्वी तराई, पश्चिीम नेपाल र भारत देखीका सर्यौं कामदार आएका छन् । कार्यस्थलमा सरकारले तोकेको पुर्ण मापदण्ड सहित सुरक्षा हुने भएपछि कामदारको आकर्षण वढेको कम्पनीका निर्माण व्यवसायी नारायण तिवारी (सानु) ले बताए । कार्यस्थलमा सुरक्षा मापदण्ड नअपनाउदा कामदार दुर्घटनामा पर्ने गरेका धेरै उदाहरण छन् । तर आफ्नो कम्पनीमा त्यस्तो संभावना अति नै न्युन रहेको निर्माण व्यवसायी तिवारीले बताए । बिद्युत सव स्टेसन निर्माण स्थलमा जोखिमपूर्ण र काम जोखीम भएको ठांउमा काम गर्दा समेत सुरक्षाका सवै मापदण्ड अपनाउने गरीएको निर्माण कम्पनीेले जनाएको छ । सवै मजदुरलाई सुरक्षा बारे जानकारी र लगाउने उपकरण दिएको कम्पनीले जनाएको छ । ‘सुरक्षा तयारी, उपकरण र जानकारी दिएर मात्र हामी मजदुरलााई कार्यस्थलमा खटाउछौ’ निर्माण व्यवसायी तिवारीले भने ।

कम्पनीले कार्यस्थलका सबै मजदुरलाई जम्मा गरेर हप्ताको एक दिन सुरक्षा सम्वन्धि जानकारी दिने गरेको छ । सोही बखत मजदुरका गुनासा र उनीहरुका मागको समेत सुनुवाई हुने गरेको छ । मजदुरलाई कार्यस्थलमै सवै बिषयको जानकारी र सेफ्टी उपकरण दिएर काम गराउने आफुहरुको कम्पनी सम्भवत पुर्वमा पहिलो भएको दावी निर्माण कम्पनीको छ । कार्यस्थलमा काम गर्दा गर्दै कसैलाई चोट पटक लागीहालेमा तत्कालै प्राथमिक उपचार गर्ने औषधीका किटबक्स् समेत राखीएका छन् ।

कार्यस्थलमा सुरक्षित उपकारण प्रयोग नगर्दा र सुरक्षा सतर्कता बारे जानकारी नहुदा कामदारको ज्यान गइरहेको धेरै उदाहरण छन् । विशेष गरी निर्माण क्षेत्रमा बढी श्रमिकको ज्यान गइरहेको तथ्याङक छ । श्रम विभाग संग त निर्माण क्षेत्रमा कार्यरत श्रमिकको तथ्याङक नै छैन । यस्तो अवस्थामा पहाडमा काम गरीरहेको नीजि क्षेत्रको निर्माण कम्पनीले निर्माण मजदुर प्रति देखाएको व्यवहार सह्रानीय रहेको प्रदेश सांषद लक्ष्मण तिवारीले वताए । श्रम ऐन २०७४ ले व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको ग्यारेन्टी गरेको छ । अर्थात् सबैभन्दा पहिलो प्राथमिकता कामदारको रक्षा गर्नु हो । रोजगारदाता आफ्नो कम्पनीले ऐनमा भएको व्यवस्थालार्ई प्रभावकारी रूपमा कार्यान्वयन गरेको व्यवासायि तिवारीको भनाई छ । सव स्टेसनको कार्यस्थलमा सवै मजदुर टाउकामा हेल्मेट प्रयोग गरेका छन् । सेफटी जुत्ता, पञ्जा, चस्मा, बेल्ट र ज्याकेट समेत यहाका मजदुरलाई निर्माण कम्पनीले अनिबार्य प्रयोग गर्न लगाएको छ ।

श्रम ऐनले व्यवसायजन्य सुरक्षा र स्वास्थ्यका सम्बन्धमा रोजगारदाताको श्रमिक प्रतिको कर्तव्य, गैरश्रमिक जनता प्रतिको कर्तव्य, प्रतिष्ठानको सम्बन्धित जिम्मेवार व्यक्तिको कर्तव्य, कुनै उपकरण, वस्तु वा पदार्थको उत्पादनकर्ता, आयातकर्ता वा आपूर्तिकर्ताको कर्तव्य, श्रमिकको कर्तव्य निर्धारण गरेको छ । कानुनमा भए पनि व्यवहारमा यसको प्रभावकारी कार्यान्वयन धेरै ठाउँमा भएको छैन । तर आफुहरुले कानुनले तोकेको सवै मापदण्ड पुरा गरेर मात्र कामदार लगाउने गरेको कम्पनीले जनाएको छ । कामदारको सुरक्षाका लागि सुरक्षा औजार प्रयोग गर्नुपर्ने विषय आफुहरुको पहिलो सर्त भएको कम्पनीको भनाई छ । निर्माण मजदुरका लागि आफ्नो कम्पनीले आवश्यक औजार, उपकरण तथा सामग्री पर्याप्त मात्रामा उपलब्ध गराउने, निर्माण कार्यस्थल नजिक बसोवास नभएका श्रमिकलाई अस्थायी वासस्थान र शुद्ध पिउने पानीको प्रबन्ध गर्ने तथा आवश्यक खाद्य सामग्रीको आपूर्ति व्यवस्था मिलाउने, निर्माण कार्यस्थलमा उपयुक्त सुरक्षा प्रबन्ध समेत मिलाईएको रोजगारदाता कम्पनीका व्यवसायी तिवारीेले बताए ।

राष्ट्रिय गौरवको आयोजना कोशी करिडोर २ सय २० केभीए विद्युत आयोजनाको यो सवस्टेसनमा तमोर नदी र मेवाखोला क्षेत्रमा उत्पादन भएको १ हजार मेघावाट क्षमताको विद्युत ल्याएर जोढ्ने र सुनसरीको इनरुवामा लगेर ढल्केबर बाट आएको ४ सय केभीए क्षमताको राष्ट्रिय प्रशारणमा जोड्ने तयारी साथ काम भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved