इटहरीमा रोयल बिर्यानी हाउस यहि फागुन २८ गते देखि सञ्चालनमा आउने

  • प्रकाशित मितिः फाल्गुन २६, २०७६
  • 1144 पटक पढिएको
  • समय अनलाइन

इटहरी । प्रदेश एकको प्रमुख ब्यापारिक केन्द्रको पहिचान बनाइसकेको इटहरीमा पछिल्लो समय ठुलो लगानीका होटलहरू स्थापना भइ सञ्चालन हुने क्रम बढदो छ । यसैबिच इटहरीमा बिर्यानीको पारखिहरूमाझ बिभिन्न परिकारका स्वादहरू पस्कने उद्येश्यकासाथ अर्को बिर्यानी हाउस सञ्चालनको तयारी थालिएको छ ।

कोशि राजमार्ग अन्तरगत धरान इटहरी सडक खण्डको हलगडामा करीब ३ करोडको लागतमा रोयल होटल प्राली तथा रोयल बिर्यानी सञ्चालनमा ल्याउने तयारी थालिएको हो ।

आगामि फागुन २८ गते इटहरीका सफल व्यवसायी गोरखा डिर्पार्टमेन्ट स्टोरका सञ्चालक बलराम आचार्य र उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम पौडेलले संयुक्त उदघाटन पछि सो होटल सञ्चालनमा आउने भएको हो ।

इटहरीका ३ युवा व्यवसायीहरूको संयुक्त लगानीमा सञ्चालन हुने उक्त होटलमा बिर्यानीका बिभिन्न प्रकारहरूको स्वाद रहने साथै अन्य होटलहरूमा पाइने सेवा सुविधाहरू पनि उपलब्ध गराइने छ ।

इटहरीमा पहिलो पटक १५६ वटा मसालाहरूको मिसावटबाट बनाइएको बिभिन्न प्रकारको बिर्यानीको स्वाद चखाउन रोयल होटल तथा बिर्यानी हाउस सञ्चालनमा ल्याइएको होटलका सञ्चालक होम प्रसाद दहालले बताए ।

मुस्लिम , पहाडे र मधेसी समुदायको संयुक्त मिलन तथा भाइचाराको समबन्ध दर्साएर समाजमा गतिलो उदहारण देखाउदै तिनै समुदायको संयुक्त लगानीमा सो होटल सञ्चालनमा ल्याइएको हो । होटलका सञ्चालकहरूमा पहाडे समुदायबाट होम प्रशाद दहाल , मधेसी समुदायबाट महेस कुमार यादव र मुस्लिम समुदायबाट समिम सिद्धकि रहेका छन ।

आन्तरिक तथा बाहिय पर्यटकहरूलाइ लक्षित गरी पर्यटकहरूकै सेवालाइ बिशेष प्राथमिकतामा राखेर काम गरिने सञ्चालकहरूले प्रतिवद्धता जनाएका छन । साथै उक्त होटल सञ्चालन भएको दिन देखि त्यहा आउने सेवाग्राहिहरूलाइ आगामि १५ दिन सम्म १५ प्रतिशत छुटको ब्यवस्था पनि प्रदान गरिने सञ्चालकहरूले बताएका छन ।

शान्त बातावरण , शुद्ध सामग्रिहरूबाट तयार पारिएका स्वादिस्ट भोजन , पारिवारिक वातावरणमा मनोरम दृस्यहरू अवलोकन गर्दै सेल्फिको मज्जा लिन सकिने उक्त होटलले अहिले एक दर्जन बढी नेपाली र भारतीयहरूलाइ रोजगारी प्रहाद गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved