तेलयुद्धः कुन देशलाई फाइदा कुनलाई घाटा

  • प्रकाशित मितिः फागुन २८, २०७६
  • 1004 पटक पढिएको
  • समय अनलाइन

अहिले विश्वमा तेलयुद्ध चलेको छ । कोरोना भाइरसका कारण विश्व बजारमा तेलको खपत घटेपनि उत्पादन नघटेपछि कच्चा तेलको मूल्य प्रति ब्यारल ३० डलरको आसपासमा छविशेषगरी रुस र अमेरिकाबीच तेलमा प्रतिष्पर्धा छ । अमेरिका सँसारकै ठूलो उत्पादनकर्ता हो । अमेरिकासँग नजिक रहेको साउदी अरेयिबा रुससँगको तेलयुद्धमा अगाडि देखिएको छ । तेलयुद्धले रुसको अर्थतन्त्रमा सबैभन्दा ठूलो नोक्शान पुग्न सक्छ । रुसको कुल ग्राहस्थ उत्पादनको ७० प्रतिशत तेल र ग्याँसमा निर्भर छ । तर, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसको अर्थतन्त्रले अहिलेको तेलको मूल्यका बाबजुद थेग्न सक्ने बताए ।

 

अमेरिकाले विगतमा तेलको मूल्य बढ्दा लाभ लिन सक्थ्यो । तर, यसपटक उसलाई नोक्शान पुगेको छ । अमेरिका तेलको सबैभन्दा ठूलो उत्पादक देश बनेको छ । अमेरिका तेलको भण्डार बढी गर्ने देशमा पर्छ ।

रुसपछि साउदी अरेबियाको कुल ग्राहस्थ उत्पादनमा नोक्शान पुग्ने देखिन्छ । विशेषगरी खाडी देशहरुको अर्थतन्त्रमा असर पर्दैछ । संयुक्त अरब इमिरेट्स, इरान, कतार जस्ता देशहरुले नोक्शानीको सामना गर्दैछन् । अष्ट्रेलियालाई पनि घाटा पुगेको छ ।

यूरोपमा नर्वे, उत्तर अमेरिकामा मेक्सिको, क्यानडा, दक्षिण अमेरिकामा चिलीलगातका देशहरु नोक्शानीमा पर्दैछन् ।

जापान, फ्रान्स, ब्राजिल, कोरिया, टर्की, दक्षिण अफ्रिकालाई लाभ मिलेको छ । सँसारकै सबैभन्दा ठूलो तेल आयातकर्ता देश चीनले पनि ठूलो लाभ लिनसक्ने देखिएको छ । हङकङ, अर्जेन्टिना, फिलिपिन्स, इन्डोनेशियालाई पनि लाभ मिलेको छ । भारतले पनि तेलको मूल्य घट्दा फाइदा लिनसक्ने भएको छ । भारत तेल बढी आयात गर्ने देशमा पर्छ ।

युरोपका अधिकांश देशहरु कच्चा तेल आयात गर्छन् । धेरैजसोले रुसबाट आयात गरिरहेका छन् । जर्मनी र फ्रान्सलाई ठूलो लाभ मिलेको छ । इटाली पनि तेल आयातकर्ता देश भएकाले फाइदा पुगेको छ ।

इजिप्टलाई पनि फाइदा पुगेको छ । अफ्रिकाको सव सहारा क्षेत्रलाई नोक्शान भएको छ । जसमध्ये अंगोला पनि पर्छ । नाइजेरिया ठूलो संकटमा पर्न सक्छ । सुडान पनि संकटमा पर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved