सभामुख अग्निप्रसाद सापकोटा विरुद्ध काभ्रेका अर्जुन लामा हत्या आरोपमा परेको मुद्दामाथि सुनुवाई भइरहेको छ । पटक–पटक स्थगित हुँदै आएको मुद्दाहरुमाथि अदालतमा सुनुवाई भइरहेको हो ।
सापकोटा विरुद्ध अदालतको अपहेलना गरेको आरोप समेत लागेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशहरु सुशिला कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भर श्रेष्ठको पूर्ण इजलासमा सभामुख सापकोटा विरुद्ध परेको रीटको सुनुवाई भइरहेको छ ।
१६ वैशाख २०६२ मा काभ्रे दाप्चास्थित श्रीकृष्ण माविका व्यवस्थापन समिति अध्यक्ष अर्जुन लामाको अपहरण पछि हत्या गरेको आरोप सहित सर्वोच्चमा मुद्दा परेको छ । लामाको हत्या आरोप लागेका सापकोटा १२ माघमा सभामुख निर्वाचित भएका थिए ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved