भारतस्थित गंगा नदी किनारमा भेटियो नेपाली युवाको शव

  • प्रकाशित मितिः फागुन ३०, २०७६
  • 1035 पटक पढिएको
  • समय अनलाइन

 भारतको दिल्लीको जामिया मिलिया इस्लामियाको नेल्सन मण्डेला सेन्टर फर पिस एण्ड कन्फ्ल्क्टिमा अध्यनरत एक नेपाली विद्यार्थी गंगा नदी किनारमा मृत भेटिएका छन् ।

उत्तराञ्चल राज्यको ऋषिकेशस्थित गंगा नदी किनारमा मिलन पौडेलको शव भेटिएको हो । पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ ।

गत मंगलबार होलीपर्वका अवसरमा ४ जना साथीसँगै मिलन दिल्लीबाट ऋषिकेश पुगेका र पौडी खेल्ने क्रममा तपोवन क्षेत्रको गंगा नदीमा डुब्न पुगेको स्थानीय प्रहरीले जानकारी दिएको छ ।

मिलन पानीमा डुबेपछि उनलाई बचाउन गएका जम्मु–कश्मीर घर भएका तुषार कौशिकको समेत मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

वृत्तचित्र तथा छोटा चलचित्रमा भविष्य बनाउँदै गरेका २५ वर्षीय मिलन ३ महिनायता दिल्लीमा भड्किएको धार्मिक दंगाको वृत्तचित्र बनाउने काम गरिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved