कोरोना (कोभिड १९) भाइरसबाट बच्न इटहरी उपमहानगरपालिकाले ८ लाख बजेट बिनियोजन गरेको छ । उपमहानगरपालिकाले सर्वसाधरणहरुलाई संक्रमण हुन नदिन भन्दै ८ लाख बजेट छुट्याएको बताएको छ ।
उपमहानगरले बिपद व्यवस्थापनमा छुट्याएको रकम मध्येबाट ८ लाख बजेट कोरोना बिरुद्ध लड्न छुट्याएको हो । उपमहानगरले जारि गरेको बिज्ञप्ति जारी गर्दै प्रत्येक बिद्यालयमा थर्मो्मिटर दिइने छ । थर्मो्मिटर लगायत साबुन, हेण्डीसेनेटाइजर र माक्स जस्ता सामाग्री समेत अस्पताललाई उपलब्ध गराउने उपमहानगरले जनाएको छ ।
’बिहिवार बसेको कार्यपालिकाको बैठकले तत्काल कार्यक्रम संचालन गर्न पहीलो चरणमा ८ लाख बजेट छुट्याएको छ’ उपप्रमुख लक्ष्मी गौतमले भनिन ’संकट आउन नदिन निजि क्षेत्र सङको साझेदारीमा पर्चा पम्प्लेट लगायतको प्रचार कार्यक्रम पनि गर्ने छौ’ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved