प्रदेश १ मा यस्तो बन्यो ६ सय बेडको क्वारेन्टाइननेपाली सेना

  • प्रकाशित मितिः चैत्र ६, २०७६
  • 909 पटक पढिएको
  • समय अनलाइन

कोरोना भाइरसको संक्रमण नेपाल हाल सम्म नदेखिएपनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रदेस नम्बर १ का विभिन्न तीन स्थानमा क्यारेन्टाइन स्थापना गरिएको छ ।
प्रदेस नम्बर १मा झापाको कलवलगढी ,मोरगंको टाँडी र उदयपुरको बेलसोतमा नेपाली सेनाले कोरोना संक्रमणका आशंका गरिएकाहरुको लागि क्यारेन्टाइन स्थापना गरिएको हो ।
छिमेकी मुलुक चिनमा पहिलो पटक देखा परेको कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन विश्वका धेरै देशहरुमा फैलिसकेको साथ दक्षिणी छिमेकी मुलुक भारतमा समेत संक्रमीत फेला परिसकेको समयमा प्रदेस नम्बर १मा उच्च सर्तकता सहित क्वारेन्टाइन स्थपनान गरिएको जनाइको छ । मोरगंको टाँडीमा नेपाली सेनाले २सय जनालाई राख्न सक्ने गरी क्वारेन्टाइन स्थापना गरेको नेपाली सेनाको २ नम्बर वाहिनिपति यामप्रदास ढकालले जानकारी दिए । आवश्यकता बढेको खण्डमा क्वारेन्टाइन थप समेत सकिने वाहिनिपति ढकालले जानकारी दिए । स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै स्थापना गरिएको क्वारेन्टाइनमा कोरोनासंग जोडिने स्वास्थ्य सुरक्षाका पद्धतिहरु अपनाएर क्वारेन्टाइन वनाइएको सैनिक अस्पताल इटहरीकी महासेनानी डा.सरिता केसीले जानकारी दिइन । टाँडीमा एक सय वटा टेन्टमा प्रत्येकमा कोरोनाका शंकास्पद दुई जनालाई राख्ने गरि कुल २सय जना राख्न सकिने गरि क्वारेन्टाइन स्थापना भई सकेको छ । सो क्वारेन्टाइनमा स्वास्थ्य मापदण्ड अनुसार शंकास्पद विरामीहरुलाई निगरानीका साथै उपचार पद्धति सहित राखिने छ । नेपाली सेनाले टाँडीसहित झापामा २ सय र उदयपुरमा पनि २ सय बेड रहनेगरी क्वारेन्टाइन बनाएको पृतना मुख्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved