चिनियाँ रेल काठमाडौं पुग्नेमा विश्वस्त छु: राष्ट्रपति सी

  • प्रकाशित मितिः असार ७, २०७५
  • 883 पटक पढिएको
  • Mausam

चिनियाँ राष्ट्रपति सी चीनफिङले चिनियाँ रेल  काठमाडौं  पुग्नेमा आफू विश्वस्त रहेको बताएका छन्।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा सीले अधिकारीहरूलाई त्यसको सम्भाव्यता अध्ययन छिटो सक्न निर्देशन दिइसकेको  पनि बताएको भेटमा सहभागी परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।

बुधबार दिउँसो ग्रेट हल अफ पिपल्समा दुई देशका प्रतिनिधि मण्डलसहित भेटवार्ता भएको हो।

प्रतिनिधि मण्डलस्तरिय भेटवार्ता हुनुअघि  प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच पौने घन्टा एक्लाएक्लै भेटवार्ता भएको थियो।

मन्त्री ज्ञवालीले भेट शिष्टाचार भए पनि दुई पक्षीय सम्बन्ध र सहकार्यका विभिन्न विषयमा कुराकानी भएको बताए।

'नेपालले जे कुरालाई प्राथमिकतामा राख्छ त्यसमा चीन सहयोग गर्न तयार रहेको उहाँले बताउनुभयो,' ज्ञवालीले संवाददाताहरूसँग भने,'हाम्रा लागि सबैभन्दा महत्वपूर्ण पूर्वाधार नै हो। त्यसमा पनि क्रस बोर्डर रेल्वे हो।'

उनले  काठमाडौ-केरूङ रेलमार्गको पूर्वसम्भाव्यता अगस्टमा सकिने र त्यसपछि सम्भाव्यता अध्ययन सुरू हुने बताए।

'रेलमार्ग बनाउन हामीले चीनसँग अनुदान मागेका छौं तर नेपालको महत्वपूर्ण र बहुआयामिक परियोजना भएकाले यसमा नेपालले पनि केही योगदान गर्नुपर्छ।'

यसअघि जेठ दोस्रो साता यो रेलमार्गको अध्ययन गर्न चाइना रेलवे फर्स्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युटका ८ अधिकारी आएका थिए। एक साता लामो स्थलगत अध्ययन सकेर उनीहरू स्वदेश फर्केका छन्।

चिनियाँ पक्षले सम्भाव्यता अध्ययन गर्न चाइना रेलवे फर्स्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युटलाई नियुक्त गरेको थियो।

मन्त्री ज्ञवालीले भेटका क्रममा राष्ट्रपति सीले सबै चिनियाँ सहयोग बेल्ट एन्ड रोड इनिसिएटिभभित्र समावेश हुने बताएको जानकारी दिए। उनले नेपालमा तेल र ग्यासको उत्खनन र अन्वेषण गर्न र

शैक्षिक जनशक्ति उत्पादन  सम्भाव्यताका विषयमा पनि छलफल भएको बताए।

 राष्ट्रपति सीले नेपालको कुनै देशसँगको सम्बन्धले चीनलाई कुनै असर नगर्ने र नेपालको चीनसँगको सम्बन्धलाई पनि अरू देशले स्वभाविक रूपमा लिनुपर्नेमा जोड दिएको ज्ञवालीले बताए।

भेटका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले  राष्ट्रपति सीलाई नेपाल भ्रमणको निम्तो दिएर स्वागत गर्न आतुर रहेको बताए।

जवाफमा सीले अहिले नेपाल भ्रमणको उपयुक्त समय भएको बताएको ज्ञवालीले जानकारी दिए। 'अवश्य आउनेछु। दुबै पक्षलाई अधिकारीको वार्तापछि भ्रमणको मिति तय गरौंला,' सीलाई उद्धृत गर्दै ज्ञवालीले भने।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved