धनगढी । कोरोना भाइरस संक्रमणको आशंकामा एक जना महिला सांसदसहित चार जना अस्पताल भर्ना भएका छन् ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा. जगदिश जोशीले सुदूरपश्चिम प्रदेशकी महिला सांसदसहित चार जना आइसोलेनमा भर्ना भएको पुष्टि गरेका हुन् । उनले सांसदसहित तीन जनालाई बिहीबार र एक जनालाई आइतबार नै अस्पताल भर्ना गरिएको जानकारी दिएका हुन् ।
उनले अस्पताल भर्ना भएकाहरुको भने नाम खुलाएनन् । ‘सांसदज्यूले पनि नाम नखुलाइदिनुहोला भन्नुभएकाले नाम कसैको नभनौं,’ उनले भने, ‘नमुना संकलन गरेर काठमाडौं पठाइएको रिपोर्ट पनि भोलिसम्ममा आउँछ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved