कोरोनाकाे आशंकामा मोरङमा चार जना आइसोलेशनमा

  • प्रकाशित मितिः चैत्र १२, २०७६
  • 792 पटक पढिएको
  • समय अनलाइन

मोरङ । मोरङकाे पथरीशनिश्चरे नगरपालिका वडा नं १ बाट कोरोना भाइरस भए/नभएको परीक्षण गर्न आज (चैत १२ गते) पनि एक युवालाई आइसाेलेशनमा पठाइएको छ ।

हिजो (चैत ११ गते) नगरपालिका-६ बाट एक जनालाई पठाइएको थियो । अष्ट्रेलियाबाट कोरोना संक्रमित युवती आएकै विमानमा कातारबाट आएको पत्ता लागेपछि दुबैलाई प्रदेश १ सरकारले मोरङ मिक्लाजुङ गाउँपालिका टाँडीमा बनाइएको आइसाेलेशनमा पठाएको हो ।

गत चैत ४ गते फ्रान्सबाट दोहा कतारमा ट्रान्जिट भएर कतार एयरवेजको क्युआर ६५२ उडानमार्फत नेपाल आएकी १९ वर्यीया युवतीलाई काेराेना भाइरस संक्रमण भएकाे प्रमाणित भएको थियो ।

उनको काठमाडौंकाे टेकुमा उपचार भइरहेको छ । कतारबाट सोही उडानमा आएका २८ वर्षीय एक युवालाई पथरीशनिश्चरे-१ पथरी बजारबाट स्वास्थ्य परीक्षणको लागि आइसाेलेशनमा पठाइएको हो ।

उनको घर ताप्लेजुङ भए पनि पथरीमा बहिनी ज्वाइँको घरमा बस्दै आएका थिए । उनमा विरामीको लक्षण भने देखिएको छैन ।

चैत ४ गते नेपाल आएका उनी काठमाडौं नयाँ बसपार्कको सदिक्षा गेष्ट हाउसमा बसेर गत ६ गते पथरी आएका थिए ।

उनलाई स्वास्थ्य परीक्षणको लागि ताप्लेजुङ प्रहरीले खोजी गर्ने क्रममा पथरीमा फेला परेकाे हाे । आइसाेलेशनमा लगिएका दुवैलाई विरामीको खास लक्षण नदेखिए पनि पथरी कोरोनाको डेन्जर जोनमा परेको देखिन्छ ।

नगरमा अझ कडाइको साथ सतर्कता अपनाउनुपर्ने अवस्था आएको छ । सरकारले घरबाट बाहिर ननिस्कन दिएको निर्देशन र कोरोनाबाट बच्ने उपाय पालना गर्नुपर्ने देखिन्छ ।

हिजो (चैत ११ गते) सोही उडानमा आएका ४५ वर्षीय एक जनालाई ६ नम्बर वडा अध्यक्ष जयबहादुर तामाङको पहलमा आइसाेलेशनमा पठाइएको थियो ।

त्यसैगरी मोरङकै कानेपोखरी-५ बाट दुई जनालाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आजै पठाइएको छ । उनीहरु चैत ७ गते अष्ट्रेलियाबाट नेपाल आएका थिए ।

अष्ट्रेलियाबाट आएका ५९ वर्षका पतिपत्नीलाई ज्वरो आएपछि परीक्षणको लागि धरान पठाइएको हो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved