रेवतीरमण३० बर्ष अघिको चैत १५ लाई सम्झदा

  • प्रकाशित मितिः चैत्र 16, 2076
  • 220 पटक पढिएको
  • समय अनलाइन


आज  साल चैत १६ गते संसारको मानवजाती कोरोना भाइरस संक्रमणको महामारी सँग जुधिरहेको छ । यहि सन्र्दभमा नेपालमा संक्रमितको संख्या पाँच जना पुगेको खवरले देशलाईनै तरंगित वनाएको छ । तर तीनैतहका सरकार तथा राज्य संयन्त्रको अथक प्रयास र स्वयं नेपाली जनताको सुझवुझपूर्ण ब्यवहार र धैर्यताका कारण यो विपत्तीको सामना गर्ने आत्मविश्वास कायमै छ । जसरी आज कोरोना भाइरसको उच्च जोखिम मुलुकले ब्यहोरी रहेको छ त्यस्तै आज भन्दा ठीक ३० बर्ष अघि निर्दलीय तानाशाही राजनीतिक ब्यवस्थाको आतंक मुलुकमा ब्याप्त थियो ।त्यो वेला मानिसका राजनीतिक अधिकार नियन्त्रित थिए । प्रेस स्वतन्त्रता संकुचिxत थियो । विश्व समुदायसँगको हाम्रो सम्वन्ध अत्यन्तै सिमित अवस्थामा थियो । त्यस्तो निरंकुश तथा एकदलीय राजनीतिक ब्यवस्थाको अन्त्य र संवैधानिक राजतन्त्र सहितको वहुदलीय प्रजातान्त्रिक राजनीतिक प्रणालीको स्थापनाका निम्ति २०४६ साल फागुन ७ गते वाट सुरु भएको आन्दोलन उतार र चढाव एवं आरोह अवरोहका साथ अघि वढने क्रममा चैत १६ सम्म आईपुग्दा निक्कै जटिल वनेको थियो । मैले हिजो उल्लेख गरेको आन्दोलनका कार्यक्रमले सफलता प्राप्त नगरेपछि आजको दिन १६ गते देखि केहि गर्नै पर्ने अन्यथा आन्दोलनवाट भागेर कि जेल या त विदेशिनु पर्ने एउटा कठिन परिस्थितिमा हामी पुगेका थियौ । यस्तै परिवेशमा काठमाडौ उपत्यकामा आन्दोलनको केन्द्र विभिन्न कलेजहरु थिए । त्यसमा पनि भृकुटीमण्डपमा रहेको नेपाल ल क्याम्पस र रत्नराज्यलक्ष्मी क्यामपस आन्दोलनका महत्वपूर्ण केन्द्र थिए । नेपाल ल क्याम्पसमा सवै विद्यार्थी संगठनको साझा हाइकमाण्डको संयोजक म स्वंय थिए भने रत्नराज्यलक्ष्मी क्याम्पस त्यस्तै साझा हाइकमाण्डको संयोजक दामोदर अर्याल हुनुहुन्थ्यो । चैत १६ गते दिउसो १२ वजेतिर दामोदर जी लगायत आन्दोलनकारी नेताहरु संग परामर्श गरि आज यि दुईवटा क्यामपसका विद्यार्थीशक्तिको तागतमा आन्दोलन चर्काउने विनाकुनै पूर्वतयारी हठात निर्णय गरयौ । हामीले तत्काल निर्णय लियौं । अव कुनै कक्षा संचालन हुन नदिने प्रत्येक कक्षाका विद्यार्थीलाई वाहिर निकाल्ने सम्पूर्ण रुपमा पञ्चायत विरुद्ध नारावाजी गर्ने,सवै विद्यार्थीलाई गोलवन्द वनाएर नाराका साथ वाहिर सडकमा निस्कने,घरपकड र गिरफतार हुने । यसैयोजनाका साथ दुवै क्यामपसका प्राध्यापकहरुलाई अनुरोध गरियो । विद्यार्थीहरुलाई आन्दोलन चर्काउनुपर्ने विषयमा कक्षा भाषण मार्फत सकेसम्म सम्झाउने प्रयत्न गरियो परिणाम स्वरुप कसैले रगत तताउने भाषण गर्ने कसैले उत्तेजित नारा लगाउन सुरु गरियो । उता प्रशासन पनि आफनो पूर्ण तयारीका साथ प्रहरीको ठूलो शक्तिका साथ क्यामपसलाई घेरावन्दी गर्दै थियो । कलेजभित्रको निक्कै ठूलो मेहनत र प्रयास स्वरुप दुवै क्यापमसको गेटवाट नारावाजीका साथ जुलुस निस्कनै आँटेको के थियो,प्रहरीले अन्धाघुन्द लाठी प्रहार गरयो । झण्डै दर्जन विद्यार्थी घाइते हुने अवस्था वन्यो । परिणाम स्वरुप लगातार साइरन वजाउदै क्यामपस भित्र एम्वुलेन्स आउन थाले । घाइते विद्यार्थीलाई हामीले तत्काल अस्पताल पठाएर फेरी हामी आन्दोलन चर्काउने अभियानमा निरन्तर लागिनै रहयौ । निरन्तर आन्दोलन अघि वढाउदै जाँदा हामी आन्दोलनकारीले भृकुटीमण्डपको पूर्वतर्फको वाटोआन्दोलनकारीले कब्जामा र महेन्द्र पुलिस र सो भन्दा पश्चिम तर्फको सडक प्रहरीको कब्जामा रहने स्थिति वन्यो । आन्दोलनकारी पश्चिमतर्फ जान नसक्ने र प्रहरी पूर्वतर्फ अगाडी वढन नसक्ने परिस्थिति वन्दै गयो । हामी प्रहरीलाई ढुँगा इटा प्रहार गरेर अघि वढन खोज्ने प्रहरी पनि ढुँगा हामी तिर फर्काएर अघिवढन नदिने प्रक्रिया निरन्तर चल्नेकारण भृकुटीमण्डपको सडक आन्दोलन रणमैदानमा परिणत भयो । यो स्थिति साढे चार वजे सम्म निरन्तर कायम रहयो । भृकुटीमण्डप रणमैदानभइरहेको क्यामपसभित्रवाट घाइते विद्यार्थी एम्वुलेन्सले ओसारपसार गरिरहेको जानकारी अन्यत्र कलेजमा फैलनसाथ पाटन इन्जिनियरिङ,अस्कलका विद्यार्थीसाथीहरुले ल र आर आर क्यापसका विद्यार्थीसाथीहरु मारिन्छन भने हामीपनि अघिवढने त्यसै दिन संकल्प गरेर आन्दोलन सुरु भएछ । जसकारण ती क्यामपस भएका सडकका क्षेत्रपनि रणभूमीमा परिवर्तन भएछन ।आरआर र ल क्यापसका विद्यार्थी र प्रहरी विच भएको झडपका कारण रामशाहपथ क्षेत्रको आवागमन ठप्प थियो । हजारौ जनता सडकमा आएका थिए । हामी आन्दोलनकारीका लागि परिस्थिति निक्कै जोखिमपूर्ण थियो तर भाग्ने र पन्छिने कुनै सोचाई पनि थिएन । अन्त्यमा हामीले आजको आन्दोलन जीतेको घोषणा गरयौ । पञ्चायत ढाली छाडने प्रतिवद्धताको घोषणा गरयौ र भोली चैत १७ गते पून आन्दोलनमा चर्काउने जनाउदै त्यसदिनको कार्यक्रम स्थगित गरियो । चैत १६ गतेको त्यो दिनको त्यो आन्दोलनको राजनीतिक इतिहाँसमा ठूलो महत्व रहेको विश्लेषण गर्न सकिन्छ । चैत १६ गतेको त्यो दिन ल क्यापस र रत्नराज्य क्यामपस वाट सुरुभएको क्रान्तिको आगो दिनभर पाटन इन्जिनियरिङ,अस्कल क्याम्पस हुदै पाटनका क्रान्तिकारी प्रजातन्त्रप्रेमीको अन्तरमनलाई तरंगित गरयो जसका कारण २०४६ साल चैत १६ गतेको त्यो रात जनताको तागत वाट पाटन कब्जा भयो । सयौं प्रहरीहरु जनताको घेरामा रहन वाध्य भए । पञ्चायति शासकले पाटन कब्जा तोडन सकेन ।त्यसपछि भोलीपल्ट किर्तिपुर र उपत्यकाका अनेकौ स्थान क्रमस कब्जा भए । आन्दोलन क्रमस उत्कर्समा पुग्दै गयो । अन्तत्वगत्वा जनताको वलिदानीपूर्ण संघर्षका कारण ३० बर्षे निरंकुश पञ्चायति ब्यवस्था ढल्न पुग्यो । यो स्मरणको मूख्य विषय भनेको २०४६ साल चैत १६ गतेको दिन जुन निरंकुश पञ्चायति ब्यवस्था अन्त्यको एउटा मुख्य आधार वन्न पुग्यो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / jivanphu[email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

N/A

फोटो पत्रकार

नविन बस्नेत

लेखक

विरेन्द्र कार्की

प्रबन्ध निर्देशक

जीवन फुयाल

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2020 - Samayaonline.com All rights reserved