इटहरी । एम्बुलेन्सको ठक्करबाट सुनसरीको इनरुवामा एक महिला स्वास्थ्यकर्मीको ज्यान गएको छ । पूर्व पश्चिम राजमार्ग अन्र्तगत घोपाली टोलमा एम्बुलेन्सले ठक्कर दिँदा स्कुटीमा सवार इनरुवा ६ मधेशाकी रत्ना श्रेष्ठको ज्यान गएको हो ।
को १६ प २०६४ नम्बरको स्कुटीमा सवार ३५ वर्षिया श्रेष्ठ घरबाट कार्यालय जाने क्रममा दुर्घटनामा परेकी थिइन् । टाउकोमा चोट लागेको अवस्थामा उपचारकालागि न्यूरो हस्पिटल बिराटनगर लैजादै गर्दा श्रेष्ठको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।
ठक्कर दिने को १ च ९६०५ नम्बरको एम्बुलेन्सका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिरामी बोकेको एम्बुलेन्स खुल्ला सडकमा तिव्र गतिमा रहेका कारण दुर्घटनामा परेको प्रहरीको अनुमान छ । श्रेष्ठ मधेशा स्वास्थ्य चौकीमा कार्यरत रहेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved