तलब–भत्ता म जनताकै नाममा खर्चन्छु ।वडा अध्यक्ष फुयाल

  • प्रकाशित मितिः चैत २२, २०७६
  • 1734 पटक पढिएको
  • समय अनलाइन

 सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ५ का वडा अध्यकोरोनाविरुद्धकोक्ष डेगराज फुयालले आफ्नो दुई महिनाको तलब–भत्ता कोरोनाविरुद्धको लडाइँमा खर्चने बताएका छन् ।

कोरोना भाइरस (कोभिड–१९) को महामारीले गरिब जनता समस्यामा रहेको भन्दै एक महिनाको तलब–भत्ता वडा कार्यालयमार्फत राहतमा खर्चने र थप एक महिनाको तलब–भत्ता नगरपालिकाको कोरोना सम्बन्धि विपद ब्यबस्थापन कोषमा जम्मा गर्ने उनी बताउँछन् ।

उनीलगायत वडाका सबै जनप्रतिनिधिले एक महिनाको तलब–भत्ता वडामार्फत खर्चने निर्णय नै भइसकेको वडा कार्यालयले जनाएको छ । ‘मेरो २ महिनाको तलब–भत्ता कोरोनाविरुद्धको लडाइँमा खर्चन्छु, मबाहेक हाम्रो वडाका सबै जनप्रतिनिधिले एक महिनाको तलब–भत्ता खर्चने निर्णय बिहिबार भएको छ ।’ अध्यक्ष फुयालले भने ।

यो पहिलो चरणको सहयोग भएको र संभावित संक्रमणले जटिल रुप लिएमा आफ्नो दुई महिनापछि पनि तलब–भत्ता वापतको रकम सहयोग गर्न तयार रहेको उनको दाबी छ । उनले भने, ‘अहिले त्यस्तो भयावह स्थिति छैन, गरिब जनताका लागि राहत बाँडिरहेका छौं । संभावित संक्रमणले थप जटिल रुप लिएमा आगामि दिनको मेरो तलब–भत्ता म जनताकै नाममा खर्चन्छु । दुई महिना म राज्यको कुनै पनि सेवा–सुबिधा लिन्नँ, त्यसपछि परिस्थिति हेरेर बाँकी निर्णय गर्छु ।’

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved