तरुण दल सुनसरी सभापति एवम् युवा सामाजिक अभियन्ता सिजन गुरुङले इटहरी ३ स्थित खोर्साेने खापमा राहत वितरण गरेका छन् ।
कोरोना सङ्क्रमण रोक्न सरकारले आदेश गरेको लकडाउनको समयमा ज्यालादारी काम गर्ने विपन्न २८ परिवारलाई राहत वितरण गरेका हुन् । गुरुङ हाल युकेमा रहे पनि उनको सक्रियतामा राहत अभियान चलाएका छन् ।
पहिलो चरणमा खोर्साेने खापमा ८ केजी चामल र दुई केजी दाल राहत स्वरूप वितरण गरिएको गुरुङले बताए । आगामी दिनमा प्रत्येक वडामा रहेका विपन्न परिवारलाई राहत एवम् सुत्केरी महिलालाई पोषण युक्त खाद्य सामाग्री वितरण गरिने उनले बताए ।
‘लकडाउनले म आफै विदेशमा अड्केको छु, तर पनि मेरो व्यक्तिगत प्रयासले आफ्नो ठाउँमा सानो राहत अभियान चलाएको हुँ’ उनले भने ‘कम्तीमा इटहरीका दुई हजार परिवारलाई राहत बाढ्ने योजना छ’ ।
गुरुङका अनुसार इटहरी उपमहानगर भित्र राहत नपाएका तथा अति नै दुख पाएका परिवारले आफूलाई सम्झिन आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved