कविता लेखक सीता तुम्बाहाम्फेको
कक्षा-३ मा पढ्दाको कुरो: सरले पढाउदै हुनुन्थ्यो, मेरो साथी जुरुक्क उठेर बेन्चमाथी उभि अनि कुकुरजस्तै कुइँ-कुइँ गरि । म उसलाई किचेर बसेछु कि के हो भनेर म अलिपर सरेँ र उसलाई हेरेँ। ऊ चुइकिन छोडिन । सरले के भो मात्रै भन्नुभको थियो साथिले धररर पिसाब फेरि । उसलाई पिसाब लागेको रैछ ।धत् अघि भन्नुपर्दैन ? ल भैगो ! सर हास्नुभो । साथी अलि धेरै हास्दा, पिङ खेल्दा पनि पिसाब फेर्ने गर्थी । फेरि जतिबेलै साथी चै मै हुन्थें । यसरी नै समय बित्दै गयो। हामी कक्षा-१० मा पढ्ने भयौँ। एकदिन गाउँका काका बिदेशबाट आए । उनी क्रीस्चियन थिए । काकाले काकिलाई भुत लागो भन्दै प्रार्थना गर्दिन थाले, साथी हास्न थाली अघिनै पिसाब फेरिछ डसना त निथ्रुक्कै ! पिसाबको आहालमा रातभरि सुत्दा मेरो पेट ढाडेर कस्तो भयो भन्ने त मलाई मात्र थाहा छ । साच्चै त्यो साथिले अचेल पिसाब फेर्न छोडी कि छैन होला Rona Tumkhewa Limbu ? मलाई कथाकविता लेखक सीता तुम्बाहाम्फेको फेसबुक बाट साभार
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved