जागृत युवा समाजद्वारा राहत बितरण

  • प्रकाशित मितिः चैत्र २७, २०७६
  • 990 पटक पढिएको
  • समय अनलाइन

वराहक्षेत्रस्थित २ स्थित जागृत युवा समूहले बिहीबारसम्ममा २०० घर परिवार विपन्नलाइ राहत खाद्यान्न उपलब्ध गराएकाे छ । मंगलबारदेखि राहत वितरण सुरू गरेकाे समूहले पहिलाे दिन १०० घर विपन्नलाइ राहत सामग्री वितरण गरेकाे हाे ।

दाेस्राे दिन ६० घर परिवारलाइ साद्यान्न वितरण गरेकाे समूहले बिहीबार ४० घर परिवारलाइ राहत सामग्री वितरण गरेकाे जागृत युवा समूहका राेशन श्रेष्ठले जानकारी दिए। जागृत चाैकका स्थानीयबाट संकलन गरेकाे खाद्यान्न विपन्न समुदायमा वितरण गरिएकाे बताइएकाे छ । ‘नगदमा कन्भर्ट गर्ने हाे भने झण्डै एक लाख पचास हजार बढीकाे राहत सामग्री वितरण गरिसकेका छाैं ’ जागृत युवा समूहका गम्भीर दाहालले भने ।

५०० देखि ६०० घर परिवारलाइ राहत वितरण गर्ने लक्ष्य लिएकाे समूहका सदस्य विजय काेयु राइले जानकारी 

लक डाउनका कारण वराहक्षेत्रकाे चतरा १ एलएण्डटीमा अस्थायी बसाेबास गरिरहेका भारतीय कवाडी कामदारलाइ राहत खाद्यान्न जागृत युवा समूहले वितरण गरेकाे छ ।

धरान चतरा क्षेत्रमा खाली बोतल टिपेर धरानस्थित तीनकुनेमा रहेकाे औद्योगिक क्षेत्रमा बिक्री गर्ने भारतीय बन्जराहरु चतरास्थित नहर डाँडामा थुनिएपछि उनीहरुलाई समेत समूहले खाद्यान्न वितरण गरेका रणधीर दाहालले जानकारी दिए ।

‘कोरोनाका कारण विश्व संक्रमणमा रहेका बेला सबै मानवको उस्तै संवेदना भएकाले देशमा बसोबास गर्ने नागरिक अनागरिक सबैलाई मानवीय दृष्टिले हेर्नुपर्छ ।’ समूहका रोशन श्रेष्ठले भने, ‘अभरमा परेका भारतीयलाई समेत सहयोग गरेका छौं, उनीहरुको पनि बाँच्ने अधिकार छ ।’

हाल चतरास्थित नहर डाँडामा ३ घर परिवारका १६ जना भारतीय लक डाउनका कारण अस्थायी बसोबास गरिरहेका छन् । उनीहरु भारतको हरियाणास्थित पानीपथका स्थानीय भएको पीडित सुरज भानले बताए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved