इटहरीमा पुर्ण सरकारी स्वामित्वको अहिलेको हस्पिटल को स्तरोन्नत्ती या नयाँ हस्पिटल बनोस ।

  • प्रकाशित मितिः चैत्र २९, २०७६
  • 1319 पटक पढिएको
  • समय अनलाइन

 

पुर्ण सरकारी हुँदा का धेरै फाइदा छन् । डाक्टर, नर्स लगायत सबै कर्मचारी सरकारी कोटा बाट आउछन् । हस्पिटल सन्चालन गर्न उनिहरुको व्ययभार व्यहोर्न बिरामीबाट नचाहिने फि लिइरहनु पर्दैन । त्यसपछि या सङसङै अन्य निजिटल खुल्छन या खुलुन, केही फरक पर्दैन । सबैलाई सहयोग नै हुन्छ । बिराटनगरमा शुरुमा कोशी अन्चल अस्पताल बन्यो, व्यवस्थापन राम्रो भएन, त्यहीँ का डाक्टरले बाहिर क्लिनिक खोले, नयाँ नयाँ हस्पिटल खोले । अहिले बिराटनगरमा कति हस्पिटल खुलेका छन् गन्ती नै छैन, नचलेका कुनै छैनन् । कोशी हस्पिटल ले पनि सुविधा दिएकै छ । गरीब गुरुबा हरु रु ५०/१०० लिएर वा सित्तैमा त्यहाँ आफ्नो उपचार गराउन पाएकै छन् ।अरु अलि धेरै सम्पत्ती हुनेहरु सामुदायिक, निजिमा जान्छन् उपचार गराउछन । धरानमा BPKIHS तुलनात्मक रुपमा व्यवस्थित छ, अरु थप धेरै हस्पिटलको जरुरत देखिदैन । भनेपछी हाम्रो इटहरीमा पनि एउटा पुर्ण स्वामित्वको पुर्ण सुविधा भएको हस्पिटल भैसके पछी अरु थप सामुदायिक, निजि जति खुले पनि नखुले पनि खासै फरक पर्दैन । तर सरकारी हस्पिटल सुविधाजनक छैन, निजी र सामुदायिक मात्र सुविधाजनक छन् भने पनि, मान्छे धरान, बिराटनगर जानुपर्ने बाध्यता बाट मुक्त हुन्छन् जस्तो लाग्दैन । किनभने डाक्टर, नर्सको, इक्विपमेन्ट, मर्मत सम्भार को खर्च व्यहोर्न यस्ता हस्पिटलहरु लाई धेरै महङ्गो पर्छ, त्यही अनुसार यिनिहरुको सेवा, सुवीधा महङ्गो भैजान्छ ।

एउटा सानो उदाहरण इटहरीको उच्च शिक्षा कै लिउ । सामुदायिक नै भए पनि इटहरीको जनता क्याम्पस कहिले पनि बिराटनगरको महेन्द्र मोरङ क्याम्पस र धरानको महेन्द्र बहुमुखी क्याम्पस जत्तीको सर्वसुलभ हुनै सक्दैन । सबैलाई थाहा छ जनता बहुमुखी क्याम्पसको फि महङो लाग्ने इटहरीका धेरै विध्यार्थी बिराटनगरको महेन्द्र मोरङ क्याम्पस या धरानको महेन्द्र बहुमुखी क्याम्पस पढ्न जान्छन, त्यही विषय आर्ट्स, कमर्श पढ्न । अहिले सम्म पनि इटहरीमा जनता क्याम्पस लाई नै सरकारी मानेर पढिरहेको छौं । जबकी यो एउटा सामुदायिक क्याम्पस हो, यस्ले आफ्नो अधिन्कास खर्च आफैं व्यहोर्नुपर्छ त्यो भनेको विध्यार्थी लाई लगाइने फी नै हो । तर त्यही बिराटनगर र धरानमा एकदमै गरीब परिवार का विध्यार्थी पनि पढ्न सक्ने सरकारी कलेज पनि छन, सामुदायिक कलेज पनि छन् अनि निजि कलेज पनि छन् । हाम्रा भन्दा राम्रा पनि होलान् धेरै पनि होलान् । त्यसै गरि समाजका सबै तप्काका मान्छेहरुले सेवा पनि पाइरहेका छन् ।

त्यसैले निजी या सामुदायिक तवर बाट खुल्ने हस्पिटलहरुको लागि सरकारी हस्पिटलको स्तरोन्नती र नयाँ सरकारी हस्पिटल बनाइने बाटो रोकिनु हुन्न । सबैको आफ्नै आफ्नै महत्व छ, कसैले कसैलाई व्यवसायमा केहि असर गर्दैनन् । सहयोग नै गर्छन्, झन् बरु इटहरीलाई स्वास्थ्यको क्षेत्रमा हब भनेर चिनाउने छन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved