लायन्स क्लव अफ इटहरी सुनसरीले ईटहरी उपमहानगरपालिकाकाे क्वारेन्टाइनकाे लागि आज १ थान वासिङ मेसिन साैजन्य गरेकाे छ । काेराेना संक्रमणकाे संकास्पद व्यक्तिलाई राख्न उपमहानगरपालिकाले संचालनमा ल्याएकाे क्वारेन्टाइन प्रयोजनको लागि रु ७०,००० वरावरको वासिङ मेसिन हस्तान्तरण गरेकाे ईटहरी अस्पतालकाे ईमरजेन्सि ईन्चार्ज रामकुमार धमलाले जानकारी दिए । आज एक कार्यक्रम गरि लायन्सका अध्यक्ष दिव्य राज काेईराला ले उपमेयर लक्ष्मि गाैतमलाई हस्तान्तरण गरेका थिए। साे मेसिन ईटहरी उपमहानगरपालिकाकाे स्वास्थ्य शाखाकाे पहलमा लायन्सले साैजन्य गरेकाे हाे।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved