कुमारी बैंकमा पहिरो, एकै पटक २ डेपुटी सीइओसहित २८ जनाले जागिर छाडे

  • प्रकाशित मितिः बैशाख २, २०७७
  • 1357 पटक पढिएको
  • समय अनलाइन

 

काठमाडौं । लकडाउनको बेला कुमारी बैंकमा पहिरो गएको छ । कुमारी बैंकमा कार्यरत २८ जना उच्च कर्मचारीले बैशाख १ गतेदेखि लागू हुने गरी जागिर छाडेका 
जागिर छाड्नेमा बैंकका डेपुटी सीइओद्वय राजीव गिरी र उमेशसिंह भण्डारी छन् ।

चैत ६ गते मानव संसाधन विभागले उनीहरुको राजिनामा स्वीकृत गरेको थियो । र, त्यसलाई चैत ८ गतेको सञ्चालक समितिले अनुमोदन गरेको बैंकले जनाएको छ ।

यस्तै कम्पनी सचिव नरेन्द्र छतकुली, बरिष्ठ प्रबन्धक राजेश श्रेष्ठ, डिपोजिट हेड रेना रिजाल तथा सिपा रेग्मी कर्पोरेट कम्युनिकेशन हेड छन् ।

साथै रिटेल हेड विश्व रेग्मी, रिकभरी सन्जिव सैजु, रिसर्च एण्ड डेभलपमेन्ट हेड बिनोदनरसिंह श्रेष्ठ, अपरेशन हेड नमिता शाक्य छन् ।

बैंकले जागिर छाड्न चाहने कर्मचारीहरुलाई भीएसआरको विकल्प दिएको थियो । बैंक छाडेका २८ जना कर्मचारीले २ वर्षको तलबवापतको भीआरएस प्याकेज लिएर बाहिरिएका हुन् ।

जसमा राजीव गिरी कुमारी बैंकले काष्ठमण्डप डेभलपमेन्ट बैंक सहित अन्य वित्तीय संस्था मर्ज गर्दा कामू सीइओ थिए । भण्डारी काष्ठमन्डपका सीइओ थिए ।

करिब २ वर्ष जति कामू सीइओको रुपमा चलाएका राजीव गिरीलाई बोर्डले सीइओ दिएन । सिद्धार्थ बैंकबाट सुरेन्द्र भण्डारीलाई ल्यायो ।

सीइओकारुपमा रहेका भण्डारीले सेञ्चुरी छाडेका अनुजमणि तिमिल्सिनालाई डेपुटी सीइओ बनाएर ल्याए । त्यसपछि बैंकमा पुरानो कुमारी बैंक तथा मर्जबाट आएका उच्च कर्मचारीबीच विवाद भएको थियो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved