इटहरी : काठमाडौंदेखि आएर इटहरीमा अलपत्रमा परेका १८ जनालाई इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले भेडेटारसम्म पुर्याउने वातावरण गरेकी छिन् । संखुवासभाका १८ जनालाई इटहरी उपमहानगरपालिकाले सुनसरीको सिमानाका भेडेटारसम्म पुरयाएको हो ।
गर्भवती महिला, ज्येष्ठ नागरिक, बालबच्चासहित इटहरी आइपुगेको समुहलाई इटहरी उपमहानगरले बिहानको खाना समेत खुवाएको थियो । बिहानको खानाको ब्यवस्था गरेर उपमहानगरले गाढी चढाएर भेडेटारसम्म पुर्याइएको उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन् ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved