भोजपुरका कोरोना संक्रमित : काठमाडौंबाट सुनसरी सम्म रात्रिबसमा, धरान र इटहरीमा किनमेल

  • प्रकाशित मितिः बैशाख १२, २०७७
  • 1214 पटक पढिएको
  • समय अनलाइन

: भोजपुर हतुवागढी गाउँपालिका-६ होम्ताङ्गका एक युवामा कोरोना सङ्क्रमित युवा मावलीघर धरान, ससुराली हुँदै घर पुगेको पाइएको छ ।

उनी साउदीबाट फागुन ३० हिमालयन एयरलाइन्सको फ्ल्याइटबाट काठमाडौँ ओर्लिएर काठमण्डौबाट सुनसरी आएको पाइएको छ । रात्रि बसमा सुनसरीको झुम्का आएका उनी नहडाको एक जना साथी सँग आएका थिए । त्यसपछि डेरा गरी बसेका पत्नीलाई भेटन सुनसरीकै चतरामा आएको खुलेको छ ।

चतराबाट बसमा चढेर परिवार सहित मावलीघर धरान आएर बसेको देखिएको छ । धरान बजारमा समेत किनमेल गरेको उनको आफन्तले बताएका छन् । धरान मावलीघर, चतरा डेरा र इटहरीमा साथीहरू सँग घुमेका उनी ८ दिन सम्म सुनसरी नै रहेका थिए । सुनसरी पछि उनी ससुराली उदयपुरको बेलका नगरपालिकाको मैनामैनि फागुन ९ गते गएको पाइएको छ ।

मैनामैनी ससुरालिमा २ दिन बसेका उनी ११ गते बिहान स्थानीयको मोटरसाइकलमा भोजपुर र उदयपुरको सिमाना दुधकोशिको चुहार सम्म पुगे । त्यहाँबाट अर्कै व्यक्तिको सहयोगमा हतुवागढी गाउँपालिका-९ हसनपुरको बार्ताङ्ग सम्म पुगेका थिए । त्यहाँ पनि एक पसलमा खाजा खाएर २ घण्टा बसेपछि अर्को मोटरसाईकलमा भोजपुरको हतुवागढी ६ स्थित होम्ताङ्ग घर पुगेको पाइएको छ । उनी भोजपुर पुगेपछि स्थानीयवासीले गाउँपालिकाको हटलाइन नम्बरमा खबर गरेका थिए । घर पुगेपछि उनी एकान्तबासमा नबसी साथीहरू सँग हिँडडुल गरेको पाइएको छ ।

सामान्य लक्षण समेत नआएको कारण उनी गाउँमा भलिबल खेल्न र सिकार खेल्न गएका थिए । उनको सम्पर्कमा आएकाहरू धेरै भएको हुन सक्ने हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले बताए । गाउँको भलिबल खेल्ने सबै ठाउँमा उनी पुगेको पाइएको छ । गाउँमा एक शिक्षकको मृत्यु भएपछि मलामी समेत गएको स्थानीय अर्थ राईले बताए ।

गाउँमा अन्योल
वैदेशिक रोजगारीबाट फर्किएका एक युवामा कोरोना सङ्क्रमण भए पछि स्थानीय बासी भने अन्योलमा परेका छन् ।

सङ्क्रमित युवा घर भन्दा बढी गाउँ घरमा हिँडेको पाइएपछि उनीहरू त्रसित बनेका हुन । गाउँलाई नै सिल गरेर कोरोना परीक्षण गर्न स्थानियि बासीले माग गरेका छन् । गाउँमा उनीसँग सामाजिक सम्पर्कमा रहेका व्यक्तिहरूको पिसिआर नै परीक्षण गरिनु आफूहरूको माग रहेको स्थानीय रिमाल राईले बताए ।

हतुवागढी गाउँपालिकाले भने गाउँपालिका बासिलाई संयम र सतर्क रहन अनुरोध गरेको छ । हर प्रयास र सावधानीको बाबजुद १ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए । गाउँपालिकाले उनको उपचार र उनीसँग नजिक भएका परिवार लगायत अन्यमा यथाशीघ्र स्वास्थ्य परीक्षण गरिने व्यवस्था भइरहेको राईले बताएका छन् । कोरोना संक्रमित युवालाई अहिले हतुवागढीको प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसनमा राखिएको छ ।

गाउँपालिकाको आकस्मिक बैठक बसी अव कसरी अगाडी बढ्ने भन्ने बारेमा निर्णय गरिने अध्यक्ष राईले कपुरी न्युजलाई जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved