इटहरीको सुन्दर देवी टोलका एक युवक संक्रमितथप सुनसरीमा थप दुई

  • प्रकाशित मितिः जेठ ६, २०७७
  • 1425 पटक पढिएको
  • समय अनलाइन

सुनसरी । इटहरी उपमहानगरपालिका वडा नंम्वर २, सुन्दर देवी टोलका एकजना १८ वर्षिय युवकमा पनि कोभिड १९, कोरोना भाइरसको संक्रमण देखिएको छ । उनको स्वाब वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।

इटहरीको एक क्लिनिकले उनलाई प्रतिष्ठानमा ‘रिफरर्ड’ गरेको थियो । ज्वरो आएपछि उनलाई आफ्नो बुवासँगै प्रतिष्ठानको आइसोलेसन वार्डमा पठाईएको थियो । उनलाई विराटनगरस्थित कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा पठाउने तयारी छ।

त्यस्तै, जिल्लाको दक्षिणी भारतीय सिमावर्ती क्षेत्र, पश्चिम कुसाहमा खटिएका सशस्त्र प्रहरी बलका एक सशस्त्र प्रहरीको रिर्पोट पनि पोजेटिभ देखिएको छ ।

दुबै रिर्पोटको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, काठमाण्डौंबाट आधिकारीक पुष्टि हुन भने बाँकी छ ।

यस्तै, पश्चिम कुसाहमा कार्यरत एक जना सशस्त्र प्रहरी जवानको पनि रिपोर्ट पोजेटिभ आएको स्रोतले जनाएको छ ।

वडा नंम्वर २० मा उच्च सर्तकता
यसैबिच, इटहरी उपमहानगरपालिका वडा नंम्वर २० ले सुनसरी प्रशासन र सुरक्षा निकायले स्थानीय सरकारसँगको समन्वयमा अत्यावश्यक दैनिक उपभोग्य सामान खरीदमा देखिएको असहजता हटाउँनका लागि स्वास्थ्य सुरक्षामा उच्च सावधानी अपनाएर सामाजिक दुरी कायम गर्दै विहान ७ देखि १० बजेसम्म अत्यावश्यक पसलहरू खोल्न दिएको निर्णयको कडा रुपमा पालना गराउन सोमबार छलफल गरेको छ ।

विश्‍वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को प्रकोपबाट उत्पन्न असहज परिस्थितिमा वडावासीलाई आवश्यक सहयोग गर्न र भाइरसको नियन्त्रण तथा रोकथामको प्रयासमा जुट्नका निम्ति गठित नगरस्तरीय समन्वय समितिले वडामा भिडभाड बढेको, सामाजिक दुरी कायम नगरिएका तथा अनावश्यक हिड्डुल भईरहेको भन्दै वडामा लक डाउन कडा पार्ने निर्णय गरेको, समितिका संयोजक समेत रहेका वडा अध्यक्ष मणीराम श्रेष्ठले जानकारी दिए ।

छिमेकी वडामा संक्रमण देखिएपछि आफ्नो वडामा उच्च सर्तकता अपनाएको पनि उनको दाबी थियो ।

यसअघि, उनकै छिमेकी वडा १९ (बाहिरी हल्ला तरहराको भनिएता पनि) चौतारी चौकमा घरबहालमा बस्ने बाल यौन दुराचारको अभियोगमा पक्राउ परि इलाका प्रहरी कार्यालय, इटहरीको थुनामा रहेका एक पुरुषको रिर्पोट पोजेटिभ आएको हल्लाले १९, २०, १ र २ वडा त्रसित थियो । तर, ती पुरुषको आरडीटी पहिले रिर्पोट पोजेटिभ, त्यसपछि पुनः परीक्षण गर्दा दोस्रो रिर्पोट नेगेटिभ आएको इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी धर्मराज भण्डारीले जानकारी दिएका थिए । यस सम्बन्धी समाचार पढ्नकागर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved