अर्जुन कठेत प्रहरीको ‘पुलिस अफ द मन्थ’बैशाख महिनाको

  • प्रकाशित मितिः जेठ ९, २०७७
  • 990 पटक पढिएको
  • समय अनलाइन

जिल्ला प्रहरी कार्यालय सुनसरीको उत्कृष्ट प्रहरीबाट प्रहरी सहायक निरीक्षक अर्जुन कठेत सम्मानित भएका छन् । इलाका प्रहरी कार्यालय सितागंज सुनसरी संचार दरबन्दी भइ हाल इलाका प्रहरी कार्यालय इटहरीको मातहतमा रहेको प्रहरी चौकी खनारका इन्चार्ज कठेत बैशाख महिनाको ‘पुलिस अफ द मन्थ’ बाट सम्मानित भएका हुन् ।

कठेतले विभागिय मुल्य मान्यता, आदेश निर्देशनको पालना गरी व्यवसायीक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही खनार एरियामा घटेका संगठित अपराध, चोरी, लागूऔषध जस्ता जघन्य प्रकृतीका अपराध हुन गर्न नदिनको साथै अपराधिक गतिबिधिमा संलग्न अभियुक्त तथा मानिष पक्राउ गरी कानुनी दायरामा ल्याई नागरिक समक्ष सुरक्षाको प्रत्याभूत दिलाई प्रहरी संगठनको छबी उच्च बनाएको प्रति सम्मान स्वरुप ‘पुलिस अफ द मन्थ’ बाट सम्मानित गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सुनसरीका प्रहरी उपरिक्षक कमल थापाले हस्ताक्षरित सम्मान पत्र प्रहरी कार्यालयमा सम्मानको साथ राखिने छ ।

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै जिल्ला प्रहरी कार्यालय सुनसरीले सुनसरी भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved