इटहरीका युवाकोरोना संक्रमित

  • प्रकाशित मितिः जेठ ११, २०७७
  • 941 पटक पढिएको
  • समय अनलाइन

गत जेठ ६ गते बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले इटहरी २ बस्ने १८ बर्षिय युवामा पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ भएको पुष्टि भयो । खोटाङ्ग घर भई इटहरी २ मा डेरा गरी बस्ने ती युवामा कोरोना संक्रमण पुष्टि भए सँगै उनलाई कसरी कोरोना स-यो भन्ने कौतुहलता सबैमा भएको पाईन्छ ।

परीक्षणका लागि विपि पुग्नु अघि तरहरा र इटहरीका क्लिनिकमा स्वास्थ्य परीक्षण गराएको अनुसन्धानले देखाईसकेको छ । धरानमा उच्च शिक्षा अध्ययन गरिरहेका संक्रमित युवा इटहरी उपमहानगरपालिका वडा नं. २ मा मामाको घर नजिक कोठा भाडामा बस्ने गरेको पाइएको छ ।

आफु बस्ने कोठा नजिक आफ्ना आफन्त समेत बसोबास गर्ने भएकाले उनले ती आफन्त सँग पनि भेटघाट गर्ने गरेको र बैशाख अन्तिममा उनका एकसाथीले धरानमा आत्महत्या गरेपछि उनी मलामी समेत गएको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डिएसपी धर्मराज भण्डारीले जानकारी दिए ।

लकडाउन शुरु हुनु अघि ब्रिटिस सेनामा भर्ती हुनका लागि धरान स्थित एक ट्रेनिङ्ग सेन्टरको होस्टलमा बसिरहेको ति युवक लकडाउन शुरु हुनुअघि इटहरी आएको उनको ट्राभल हिस्ट्रीले देखाएको छ ।

लकडाउन शुरु भएपश्चात अधिकांश समय आफ्नै कोठामा व्यतित गरी, धरानमा साथीको मलामी गएको र कोठा छेउका केही आफन्तहरुको सँग मात्र भेटघात गरेका युवामा कसरी संक्रमण भयो ? भन्ने प्रश्नमा इटहरी अस्पतालका आकस्मिक सेवा इन्चार्ज रामकुमार धमलाले उनलाई कसरी संक्रमण भयो भन्ने पत्ता लगाउन केस इन्भेष्टिगेशन एण्ड कन्ट्राक्ट टेसिङ्संक्रमित युवाको भनाईअनुसार उनमा छाती दुख्ने तथा श्वासप्रश्वास सम्बन्धि कुनै न कुनै समस्या पहिले देखि नै रहेको जानकारी दिए । पहिले देखि नै छाती र श्वासप्रश्वासमा समस्या भएमा रोग सँग लड्ने क्षमता स्वत कम हुने धमलाको भनाई छ ।

इटहरीमा कोरोना संक्रमित भेटिएपश्चात उनलाई कसरी संक्रमण फैलियो भनी पत्ता लगाउन ११ जना उनलाई परीक्षण गर्ने स्वास्थ्यकर्मी तथा चिकित्सक र १८ जना घरपरिवार तथा आफन्तको पिसिआर परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको धमलाले जानकारी दिए ।

संक्रमणको कारण पक्ता लगाउन गहिराईमा पुग्नु जरुरी भएको बताउदै धमलाले उनी स्वास्थ्य परीक्षणका लागि पुगेका इटहरीका ३ वटा क्लिनिकमा कार्यरत अन्य २० जनाको समेत स्बाब परीक्षण गरिएको तर रिपोर्ट आउन बाँकी रहेको जानकारी दिए । नेपालमा हालसम्म फेला परेका अधिकांश संक्रमितहरु कुनै विशेष लक्षण बिनै परीक्षणबाट पक्ता लागेको बताउदै धमलाले प्राय संक्रमितहरुक भारतबाट फर्किएका र उनीहरु सँगको सम्पर्कबाट भएको उल्लेख गरे ।

यसबाट नेपालमा अझै कोरोना संक्रमित हुन सक्ने आशंका पैदा भएकाले व्यापक परीक्षण हुनुपर्नेमा उनले जोड दिए । मुलुकमा पहिलो कोरोना संक्रमित भेटिएको ११२ दिन भन्दा बढि भईसकेको र कोरोना संक्रमणको जोखिम कम गर्न सरकारले लकडाउन शुरु गरेको २ महिना नाघिसक्दा पनि व्यापक परिक्षण हुन नसक्दा कोरोना संक्रमणको जोखिम दिनप्रतिदिन बढ्दो छ ।

छिमेकी भारतबाट हजारौं नेपाली कामदार लुकिछिपी नेपाल प्रवेश गर्दा र उनीहरुको पिसिआर परीक्षण हुन नसक्दा कोरोना भाईरसले महामारीको रुप लिन सक्ने तर्फ सरकारको ध्यान केन्द्रित हुनु आवश्यक छ । त्यसर्थ कोरोना भाईरसको महामारीबाट जोगिन अबिलम्ब संक्रमितहरु फेला परेको स्थान र उनीहरुको कन्ट्रयाक्ट ट्रेसिङ्ग अनुरुपका नागरिकहरुको व्यापक परिक्षण हुनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved