सम्पादकलाई चिठी सम्पादकजी

  • प्रकाशित मितिः असार २१, २०७७
  • 1124 पटक पढिएको
  • समय अनलाइन

Samayaonline.com)नेपालीहरुलाई कोरोना भाइरसको संक्रमणबाट कसरी जोगाउने भन्दा पनि अहिलेको राजनीति परिवेसमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का नेताहरु कोही पद जोगाउनेमा त कोही पद प्राप्ति गर्नेमा लडाई गरि रहेका छन् । नेकपाका नेताहरु मध्ये केपी ओली विचरा २ पटक किड्नी फेरेर बाँचेका मानिसलाई हटाउने होइन उनलाई जीवन भर प्रधानमन्त्री हुन दिनु पर्छ । त्यस पछि पालो झलनाथ खनालको झलनाथ पनि अशक्त हुनु । भयो वाँहालाई राष्ट्रपति दिएर कल्याण गर्नु पर्छ । झलनाथ खनाल अशक्त हुँदा पनि राष्ट्रपति नपाउने, मदन भण्डारीले गरेको योगदानले वाँहाको निधन भए पछि भण्डारी पत्नी विद्या भण्डारी राष्ट्रपति पाउने झलनाथले किन नपाउने ?
त्यसै गरि बामदेव गौतम जो कुनै समयमा पार्टी फुटाएर पनि प्रधानमन्त्री हुने खेलमा लाग्नु भयो तर वाँहाको पार्टीलाई जनताले पत्याएनन् त्यसैले प्रधानमन्त्री हुन पाउनु भएन । वामदेव गौतमले माधव नेपाल, झलनाथ खनाल, पुष्पकमल दाहाल (प्रचण्ड), केपी ओली सबैलाई प्रधानमन्त्री हुन सक्दो सहयोग गर्नु भएको छ अनि वाँहा चाही प्रधानमन्त्री हुन नपाउने ? वाँहालाई केपी ओलीले प्रधानमत्री हुनुस् (अबको प्रधानमन्त्री तपाँई) भनेको ४ पल्ट भयो । भोलि कथंकदाचित कुनै रोग लागेर बामदेव गौतम प्रधानमन्त्री नभइकन केही तल वितल भयो भने वाँहाको आत्मा भड्किन सक्छ मुलुकमा अनिष्ट हुन सक्छ त्यसैले केपी ओलीले दुई महिनाका लागि प्रधानमन्त्री छाडेर हुन्छ की के गरेर हुन्छ वामदेवलाई प्रधानमन्त्री बनाउनु पर्छ । नभए दुई जना प्रधानमन्त्री हुँदा पनि के फरक पर्छ र । उपप्रधानमन्त्री ३÷४ जना हुन हुने पार्टी अध्यक्ष २ जना हुन हुने प्रधानमन्त्री २ जना हुन नहुने कस्तो नियम । संविधानमा संसोधन गरेर भए पनि वामदेव गौतमलाई प्रधानमन्त्री दिनु पर्छ । त्यसो गर्दा कमिसनको भागबण्डा नमिल्ला भन्ने चिन्ता छ भने कमिसन बामदेवलाई थोरै देखाएर यति नै हो भनेर बाडीचुडी खाएको देखाउने उता ठूलो धनरासी गुपचुपमा नै भित्र भित्रै सेटिङमा मिलाउने भै हाल्यो नी । यति गरे पछि ओलीको कुर्सी अवस्य पनि बच्ने छ ।
केपी ओलीलाई सबैले अनुरोध गरौं वाँहाको उत्तराधिकारीका रुपमा पुष्पकमल दाहाल र माधव नेपाल प्रधानमन्त्री हाललाई माधव नेपाल र पुष्पकमल दाहाललाई पार्टी अध्यक्षमा राखिदिएर कार्यकारी अधिकार दिने काम गरौं त्यसो गरे कसो होला । २ जना पार्टी अध्यक्ष हुन हुने ३ जना किन नहुने कार्यकारी अधिकार पुष्पकमल र माधवलाई दिने र अधिकार चाही आफै प्रयोग गर्ने यो पनि एउटा उत्तम विकल्प हो प्रधानमन्त्री ज्यू । की त माधव नेपाल, पुष्पकमल दाहाल, केपी ओली, वामदेव गौतम र भावी प्रधानमन्त्ती भीम रावल, ईश्वर पोखरेलले वर्षमा २÷२ महिना चक्रप्रणाली अनुसार प्रधानमन्त्री चलाए भै हाल्योनी किन झगडा लफडा गर्ने । प्रधानमन्त्री मिलेर २÷२ महिना चलाउने ठेक्का पट्टा देखि सामान खरिद आदीमा आउने कमिसन अहिले १५÷२० प्रतिसत थियो होला त्यसलाई बृद्धि गरेर ८०÷९० प्रतिसत बनाई दिऔ खाइपाई आएको कमिसन, घुस, भ्रष्टाचारमा नघटाऔ त्यसो गरेमा सबैको मुखमा बुजो लाग्छ कोही कराउन पाउँदैन । जनतालाई विकास भै रहेको छ, हामी सुख र समृद्धि तर्फ उन्मुख भै रहेकाछौं । निर्वाचनका समयमा ५ वर्ष भित्रमा रेल आउने, ३ वर्ष भित्रमा नेपालमा पानी जाहाज आउने २ वर्ष भित्रमा घर घरमा ग्यासको पाइपलाइन जोडिने १ वर्ष भित्रमा हावाबाट विजुली निकालिने भनेर जनताले साच्चै विश्वास गर्ने राम्रा राम्रा खालका योजनाहरु पास गर्ने भनेर संकल्प प्रस्ताव पास गरौं भै हाल्यो नि ।
अव आयो विपक्षी दलहरुको चिन्ता विपक्षी दलहरुको चिन्ता मान्नै पर्दैन शेरबहादुर जीलाई सुटुक्क बोलाएर वाँहाको अभिलासा के छ कतिजना राजदुत बनाई दिनु पर्ने हो ? कुन कमिसनमा वाहाको हिस्सा राखिदिनु पर्ने हो ? त्यति गरे पछि पुग्छ त्यतिले पनि भएन भने अख्तियारले छानविन गर्ने लिष्टमा विपक्षी दलका नेता शेरबहादुर देउवा र अन्य उनका विश्वासिला नेताको नाम जोडेर अख्तियारलाई कार्बाही चलाउन लाउँकी चुप लाग्छौ भनेर बालुवाटारमा बोलाएर टिप्स दिएर पठाए भै हाल्यो नि । अरु साना दल जति उफ्रिए पनि हुने वाला केही होइन काँग्रेसले साथ दिए पछि पुग्यो । सारै अचाक्ली गरे भने विपक्षी दलका नेता र पत्रकारलाई सेनालाई दिने धम्की दिए भै हाल्यो नी । यति गर्दा राज्यको उत्थान नै हुन्छ । नागरिकहरु दशैं मनाएर भरमै बस्ने छन् । खानै नपाएर मरे पनि राहतको विल पेस गर्दा भै हाल्छ । यति विवेकशिल नेता पाएका जनताहरुले रामराज्यको परिकल्पना गरिरहने रहने छन् । अर्को निर्वाचनमा भोट माग्न घर दैलोमा आउँदा अहिले भ्रष्टाचार गरेको रकमको सानो हिस्साले रक्सी, मासु ख्वाइदिएमा पुगि हाल्यो नि । यस्तो महान नेतालाई सबैले जय नेपालले सम्बोधन/जीवन फुयाल इटहरी/

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved