झापामा खोलाले बगाउँदा एकको मृत्यु, एक बेपत्ता

  • प्रकाशित मितिः साउन १६, २०७७
  • 960 पटक पढिएको
  • समय अनलाइन

झापा / झापामा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ भने एक जनाको बेपत्ता भएको छ ।वुधबार दिउँसो २ बजे संखुवासभा घर भएर अर्जुनधारा ४ बागेडाँगीमा बस्दै आएका ३० वर्षीय सुगम राईलाई खोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनी बाँसको तामा संकलन गरेर फर्किँदै गर्दा अनारमनी खोला तर्ने क्रममा खोलाले बगाएर गहिरो दहमा फँस्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।त्यस्तै, वुधबार नै कन्काई खोलाले वडा नं. ४ का करिब २७ वर्षीय कमल मुखियालाई बगाउँदा बेपत्ता भएका छन् । उनी बाढीमा बगेको दाउरा निकाल्न खोलामा पसेका थिए । त्यही क्रममा उनलाई भेलले बगाएर लगेको र हालसम्म फेला पार्न नसकेको बताइएको छ । झापामा मनसुन सुरु भएयता ८ बालबालिकासहित २० जनाको बाढीपहिरोले मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved