पत्नीको हत्या मैले गरेको होइन, ठूलो डिजाइन गरेर फसाइयोः रञ्जन कोइराला

  • प्रकाशित मितिः श्रावण १६, २०७७
  • 725 पटक पढिएको
  • समय अनलाइन

काठमाडौं / सशस्त्र प्रहरी बल नेपालका पूर्वडीआईजी रञ्जन कोइरालाले आफ्नी पत्नी गीता ढकालको हत्या आफूले नगरेको दाबी गरेका छन् ।‘जनता जान्न चाहन्छन्’ टेलिभिजन कार्यक्रममा कोइरालाले पत्नीको हत्या नै नगरेको बताए । पत्नी हत्योको अभियोग आफूले शुरुदेखि नै अस्वीकार गरेको बताएका छन् ।

उनले आफूलाई गीता ढकालका बुबा हरेराम ढकालले फसाएको बताए । उनले भने, ‘मलाई ठूलो डिजाइन गरेर फसाइएको छ । समय आएपछि यी सबै कुराको सत्य कुरा बाहिर आउँछ ।’शक्तिशाली समूहले आफूलाई फसाएको पूर्वडीआईजी कोइरालाले आरोप लगाएका छन् । उनले आफ्नी प्रेमिका तारा रेग्मी हत्यामा संलग्न नै नरहेको बताएका छन् । ‘प्रेमसम्बन्ध वा सम्बन्ध विच्छेदका लागि पत्नीको हत्या आवश्यक छैन’, कोइरालाले भने, ‘मलाई लगाइएको आरोप दमदार छैन ।’

मकवानपुरको टिस्टुङमा पत्नीलाई पेट्रोल छर्किएर प्रमाण नष्ट गर्न खोजेको आरोप पनि अस्वीकार गरेका छन् । उनले टिस्टुङ गएको स्वीकार गरेका कोइरालाले भने, ‘म एक्लै गएको थिएन । पत्नी हराएकी थिइन् ।’कोइराला पत्नी हत्यामा साढे ८ वर्ष जेल बसेर हालै छुटेका छन् । सर्वोच्च अदालतका प्रधानन्यायाशीस चोलेन्द्रशम्शेर राणाको संयुक्त बेञ्चले कोइरालाको आजीवन काराबासको सजायलाई घटाएको थियो । कोइरालाको सजाय घटाएको विरोधमा सडक प्रदर्शनहरू समेत भएका छन् । कोइरालाको सजाय घटाएको विषयमा सर्वोच्च अदालतमा पुनरावलोकन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved