सन फ्रान्सिस्को-चीनले अमेरिकी प्रविधिा चोरेको विषयनै अमेरिका–चीनबीचको तनावको कारण बन्दै आएको छ । “के तपाईलाई विश्वास छ कि चिनियाँ सरकारले अमेरिकी कम्पनीबाट प्रविधि चोरिरहेको छ भन्ने ?”
यही विषयलाई आधार मानेर रिपब्लिकन ग्रेग स्टेयूबले अमेजन, एप्पल, फेसबुक र गुगलका सीईओहरुलाइ कंग्रेसनल एन्टिट्रष्ट सुनुवाईमा ४ घन्टा भन्दा बढी समय सोधपुछ गरे । यसमा आएका उत्तरहरु केही फरक खालका थिए ।
“हामी कहाँबाट र कसरी चोरियौ भन्ने कुनै विशेष घटना मैले पाएको छैन,” एप्पलका सीईओ टिम कुकले बताए । “कहाँ यस किसिमको घटना घट्यो भन्ने मलाई केही थाहाँ छैन । म प्राथमिक स्रोतको ज्ञानको बारेमा मात्रै बोल्न सक्छु,” उनले थपे ।
सुरुमा गुगलका सीईओ सुन्दर पीचाईले पनि उनको भनाईलाईनै पछ्याए ।
“यो मामिलामा गुगलबाट कुनै सूचना चोरिएको पहिलो स्रोतको ज्ञान मलाई छैन,” उनले भने । तर उनले पछि यो भनाईलाई सच्याउदै २००९ मा गुगलमा चीन सम्बन्धित साइबर हमला भएको, जसमा आफ्ना केही बौद्धिक सम्पत्ति चोरी भएको हुन सक्ने बताए ।
अमेजनका जेफ बेजोसले यो विषयमा आफुले धेरै रिपोर्ट सुनेको तर व्यक्तिगत रुपमा आफुले केही नदेखेको बताए ।
मार्क जुकरबर्गको भनाई भने उनीहरुको तुलनामा पृथक थियो ।
“चिनियाँ सरकारले अमेरिकी कम्पनीबाट प्रविधि चोर्छ भन्ने यो दस्तावेज राम्रो भएको मलाई लागेको छ,”फेसबुकका सीईओले बताए ।
स्टेयूबेको प्रश्नले अमेरिकामा व्यापक महत्व दर्शाएको छ । अमेरिका र चीनबीचको भूराजनीतिक विवादमा बौद्धिक सम्पत्तिको चोरी पहिलो विषय हुदै आएको छ । व्यापार युद्धमा बौद्धिक सम्पत्तिको रक्षा वासिङटनको मुख्य माग रहदै आएको छ ।
बौद्धिक सम्पत्तिको चोरीले अमेरिकी अर्थतन्त्रको राजश्वामा अर्बौ डलरको नोक्सानी भएको र हजारौ रोजगारी गुमेको आरोप अमेरिकाले लामो समयदेखि लगाउदै आएको छ ।
यद्यपि चिनियाँ अधिकारीहरुले भने यो आरोपको खण्डन गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2025 - Samayaonline.com All rights reserved