मोबाइल हरायो ? चिन्ता नलिनुस्, यसरी आफैंले पत्ता लगाउनुहोस्

  • प्रकाशित मितिः साउन १६, २०७७
  • 1788 पटक पढिएको
  • समय अनलाइन

काठमाडौँ। आजकल हरेक मानिसको हातमा स्मार्टफोन हुन्छ। हिजोआज मानिसको अतिआवश्यक बस्तुको रुपमा मोबाइल परेको छ । महँगा स्मार्टफोनको प्रचन आएपछि उक्त फोन हराउने वा चोरी हुने समस्या उत्तिकै बढेको छ। मोबाइल हरायो वा चोरी भने के गर्ने भन्ने बारेमा यहाँ चर्चा गरिएको छ। मानिसले स्मार्टफोन किन्दा उसले आफ्नो लगानी लगाएर किनेको हुन्छ, त्यस्तो अवस्थामा फोन हराउनु भनेको उसको लागि दुखद् अवस्था हो। कुरा पैसाको मात्र नभएर मानिसले हिजोआज आफ्नो मोबाइलमा महत्वपूर्ण जानकारी तथा आफ्ना गोपनीय तस्बिर, भिडियो पनि सेभ गरेर राखेका हुन्छन्।

फोन हराउँदा यी सबै आफ्ना महत्वपूर्ण टिपोटहरु पनि हराउँछन् । जस कारण हराएको वा चोरी भएको फोन फिर्ता ल्याउनु पर्ने हुन्छ, तर कसरी ? हो, यसबारे यहाँ जानकारी दिने प्रयास गरिएको हो । हराएको फोन खोजी गर्ने एक उत्कृष्ट माध्यम आईएमईआई नम्बर हो। आईएमईआईको पूर्णरुप इन्टरनेशनल मोबाइल इक्युपमेन्ट आइडेण्टिटी हो।

हराएको वा चोरी भएको मोबाइल फेला पार्न एक मोबाइल एपको प्रयोग गरी, उक्त एपमा आफ्नो हराएको फोनको आईएमईआई नम्बर राखेर मोबाइललाई ट्रयाक गर्न सकिन्छ। हराएको फोनमा सिम कार्ड, ईन्टरनेट र जीपीएसको पहुँच नहुँदा समेत आईएमईआई नम्बर प्रोयोग गरि मोबाइललाई ट्रयाक गर्न सकिन्छ।

आईएमईआई नम्बर मोबाइलको बक्सामा भेट्टाउन सकिन्छ। उक्त नम्बर मोबाइलको बक्सामा टाँसिएको स्टीकरमा हुने गर्दछ। यसका साथै मोडेल नम्बर र सिरियल नम्बर पनि स्टिकरमा भेट्न सकिन्छ। आईएमईआई नम्बर १५ अंकको हुन्छ। आईएमईआई नम्बर प्राप्त गरेपछि, अर्को फोनमा आईएमईआई फोन ट्र्याकर एप्स गुगल प्ले स्टोरबाट निःशुल्क डाउनलोड गर्न सकिन्छ।

अर्को फोनमा उक्त एप डाउनलोड गरे पश्चात एपमा आफ्नो हराएको फोनको आईएमईआई नम्बर राखेर हराएको मोबाइललाई ट्रयाक गर्न सकिन्छ। मोबाइलको लोकेसन सन्देश मार्फत प्राप्त गर्न सकिन्छ। साथै, फोन चोरी वा हराएपछि तुरुन्त नजिकको प्रहरीमा चौकी खबर गर्न जाँदा आफ्नो हराएको फोनको आईएमईआई नम्बर साथमा लिएर जानुपर्दछ।

हराएको मोबाइल खोजी गर्ने प्रहरीको विभिन्न माध्यम मध्ये एक आईएमईआई नम्बर पनि हो । यही नम्बरबाट प्रहरीले फोन ट्र्याक गर्ने गर्दछ। फोन खरीद गरेपछि फोनको आईएमईआई नम्बर टिपोट गरि सुरक्षित राख्नुहोस्।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved