मोरङ/ चिसाङ खोलाको बिच टापुमा फसेका मोरङको लेटाङ नगरपालिका-३ का ४५ बर्षीय सन्तोष राईलाई सकुशल उद्धार गरिएको छ ।आज दिउँसो सवा ४ बजे चिसाङ खोलाको बिच टापुमा दाउरा टिप्न गएको अवस्थामा एक्कासी पानीको बहाब बढी टापुमै फसेको भन्ने जानकारी पाए लगत्तै खटिएको प्रहरी टोलीले अन्य सुरक्षा निकाय समेतको सहयोगमा पौने ५ बजे सकुशल उद्धार गरिएको ईलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved