वराहक्षेत्रमा करुणाको ५० लाख बढीको कार्यक्रम

  • प्रकाशित मितिः श्रावण १७, २०७७
  • 1227 पटक पढिएको
  • समय अनलाइन

वराहक्षेत्र / वराहक्षेत्र नगरपालिकामा अपांगता रोकथाम तथा पुनस्थापनाका लागि काम गर्दै आएको करुणा फाउण्डेशन र वराहक्षेत्र नगरपालिका बीच आर्थिक वर्ष २०७७।७८ का लागि दुई पक्षीय सम्झौता भएको छ ।आर्थिक वर्ष २०७६।७७ मा नगरपालिकाको २५ लाख रुपैयाँ र फाउण्डेशनको २५ लाखको साझेदारीमा काम गरेको संस्थाले चालु आर्थिक वर्षमा प्रदेश सरकारसमेतबाट प्राप्त बजेटमा ५० लाख बढीको काम गर्ने भएको छ ।

शुक्रबार नगरपालिकाका तर्फबाट नगर प्रमुख निलम खनाल र फाउण्डेशनका तर्फबाट सहनिर्देशक योगेन्द्र गिरीले दुई पक्षीय सम्झौतामा हस्ताक्षर गरी हस्तान्तरण गरेका छन् । चालु आर्थिक वर्षमा प्रदेश १ सरकारको १५ लाख, वराहक्षेत्र नगरपालिकाको ३४ लाख रुपैयाँमा फाउण्डेशनले काम गर्ने भएको छ ।

करुणाले कोरोना संक्रमणका कारण प्रभावित भएका अघिल्ला वर्षका कार्यक्रमलाई रकमान्तरण गरी चालु आवमा समेत कार्यक्रम सञ्चालन गर्ने छ । संस्थाले मिलिजुली समूह गठन गरी संस्थागत क्षमता विकासका कार्यक्रम समेत गर्दै आएको छ ।करुणा फाउण्डेशनको यो कार्यक्रम निरन्तर तेस्रो वर्षमा चलिरहेको वराहक्षेत्र नगरपालिकाका कार्यक्रम अधिकृत अरुण मेहताले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved