अमेरिकामा पनि टिकटकमाथि प्रतिबन्ध लगाइँदै

  • प्रकाशित मितिः श्रावण १७, २०७७
  • 1563 पटक पढिएको
  • समय अनलाइन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ लगानीको भिडिओ साझेदार एप टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्।

उनले पत्रकारहरूलाई शनिवारभित्रै कार्यकारी आदेशमा हस्ताक्षर हुन सक्ने बताएका छन्।

एयर फोर्स वानमा गएका पत्रकारहरूलाई ट्रम्पले भने, ‘जहाँसम्म टिकटकको कुरा छ त्यसलाई हामी अमेरिकामा प्रतिबन्ध लगाउँदैछौँ।’

चिनियाँ प्रविधि कम्पनी बाइटडान्सले बनाएको टिकटक निकै तीव्र गतिमा मानिसहरूले रुचाएको एप हो।

बाइटडान्सका लागि निकै ठूलो धक्का हुने ठानिएको यस एपको अमेरिकामा मात्र ८ करोड सक्रिय प्रयोगकर्ता छन्।

भाइरल नाच र हास्यमिश्रित अभिनयका कारण टिकटक युवा वर्गमा निकै लोकप्रिय बनेको उक्त एप अमेरिकीहरूको व्यक्तिगत विवरण संकलन गर्न प्रयोग हुनसक्ने भन्दै अमेरिकी सुरक्षा अधिकारीहरूले चासो व्यक्त गरेका थिए।

जसलाई उक्त कम्पनीले अस्वीकार गर्दै आएको छ।

यसबीचमा उक्त एपलाई माइक्रोसफ्ट कम्पनीले किन्नका लागि छलफल गरिरहेको समाचारहरू सार्वजनिक भएका थिए। तर ट्रम्पले त्यस्तो सम्झौतालाई कार्यान्वयन गर्न दिन सकिनेबारे समेत संशय व्यक्त गरेका थिए।

टिकटकका प्रवक्ता हिलरी म्याक्वाइडले प्रतिबन्ध लगाउने पछिल्लो कदमबारे प्रतिक्रिया जनाउन अस्वीकार गरिन्।

वाशिङ्टन पोष्ट पत्रिकाका अनुसार उनले ’टिकटकको दीर्घकालीन सफलतामा कम्पनी विश्वस्त रहेको’ बताइन्। यूट्युबजस्तै टिकटक निःशुल्क प्रयोग गर्न सकिने सेवाको एप हो।

प्रयोगकर्ताहरूले गीत र विशेष प्रभाव देखिने फिल्टरको ठूलो भण्डारबाट छानेका सुविधा प्रयोग गरेर एक मिनेटसम्म लामो भिडिओ राख्न सक्छन्।

चलचित्रका संवाद र हास्यरसका भनाइहरूमा पनि प्रयोगकर्ताले अभिनय गर्न सक्छन्। बीबीसी

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved